निर्धन उत्थान लघुवित्तद्धारा कर्जा सदस्यलाई आर्थिक सहयो

Nepal Chek सोमबार, पौष २२, २०८१

सिमकोट । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सिमकोट शाखाले सिमकोट गाउँपालिका वडा नम्बर पाँच तल्लो गाउँका जयपुरी रावतको परिवारलाई रु साठी हजार सहयोग गरेको छ ।

रावत यस लिमीटेड संस्थाको कर्जा सदस्य हुनुका साथै श्रीमान ज्ञानेन्द्र राववतको निधन भएपछि ग्रामीण बिमा बापत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग स्वरु सहयोग गरिएको सोही संस्थाका तिलसरा विकले बताउनुभयो । कर्जा लिँदा श्रीमानको बिमा गर्ने भएको हुँदा सोही वापतको आर्थिक सहयोग गरिएको विकले बताउनुभयो । रावतको कात्तिक आठ गते मृत्युभएको थियो ।

मृतक रावतका परिवारले थोरै भएपनि केही राहत होस भन्ने हेतुले हयोग गरिएको जानकारी प्राप्त भएको छ । रु साठी हजार सहयोग वडाध्यक्ष चीन रावत र निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सिमकोट शाखाका प्रमुख कुमार न्यौपानेले संयुक्त हस्तान्तरण गर्नुभएको हो । निर्धनले यहाँ कर्जा सदस्यलाई पटक पटक यस्तै सहयोग गर्दै आएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]