सरकारले हुम्लाका तीन स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोस्यो

Nepal Chek शुक्रबार, माघ ११, २०८१

सिमकोट । सरकारले हुम्लाका तीन वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका १३ स्थानीय तहका निमित्तको जिम्मेवारी पद खोसको छ । स्थानीय तहमा निमित्त भइ कामकाज गरिरहेका हुम्लाको सिमकोट, ताँजकोट र अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको हो ।

बिहिबारदेखि लागु हुने गरी स्थानीय तहमा आर्थिक र प्रशासनिक अधिकार लिएर निमित्त बनेकाहको जिम्मेवारी रद्द गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएमो छ । सकभर निमित्त नदिने, दिनै परे सिनियरलाई दिने ब्यवस्था समेत गरिएको छ । के चलन चलाएछन् भने सिनियरबाट म चलाउन सक्दिन भनेर लेखाइदिने, अनि सिनियरभन्दा ६÷७ जना तलको कर्मचारीलाई दिने हालको चलनलाई अव हटाईएको छ । पदीय दुरुपयोग हुन थालेपछि त्यसलाई रोक्न यस्तो निर्णय गरिएको बताइएको छ । निमित्त अधिकृत हटाइने हुम्ला सहित धनुषा, सप्तरी, सिरहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ र बझाङ रहेका छन् ।

नगरपालिका र गाउँपालिकामा झण्डै ८ महिनादेखि निमित्तकै भरमा कामकाज भइरहेको थियो । हुम्लाको सिमकोटमा उजिर रोकाया, ताँजकोटमा राजेन्द्र स्यांकु र अदानचुलीमा हंस महताराले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम चलाउँदै आएका थिए ।

हाल कामकाज गर्दै आएका निमित्तको जिम्मेवारी खोसिएपनि अधिकृत को पठाउने भन्ने मन्त्रालय हालसम्म सूचना प्रकाशन गरि सकेको छैन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]