सिमकोट । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ हुम्लाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सिमकोटमा सम्पन्न स्वास्थ्यकर्मी महासंघ जिल्लाको दोस्रो अधिवेशनबाट रामसरण थापा सर्वसम्मत चयन भएका छन् ।
अध्यक्ष थापाको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको जानकारी प्राप्त् भएको छ । स्वास्थ्यकर्मी महासंघको जिल्ला अध्यक्षमा थापा, उपाध्यक्षमा राजेश थापा, महिला उपाध्यक्षमा सम्झना रोकाया, सचिव चन्द्रसिह कार्की, सह सचिव असोक महतारा, कोषाध्यक्षमा किरण बुढा चयन भएका छन् ।
साथै सदस्यमा भक्ती फडेरा, लवि रावत, दान बहादुर बोहरा, खेमराज शाही, ठाक्पा तामाङ, लबजङ बुढा, बेलसरी बुढा, बसन्ती बुढा र निर्मला सिंह गरी १५ सदस्य जिल्ला कार्य समिति चयन भएको बताइएको छ ।
हुम्लामा नेकपा एमाले निकट विभिन्न भातृ संगठनले पछिल्ला दिनहरुमा आफ्नो अधिवेशन धमाधम गरिरहेका छन् ।