सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) हुम्ला जिल्ला कमिटिको बैठक सम्पन्न भएको छ । नेकपा एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेता लोक बहादुर हमाल प्रदेश कमिटी सदस्य जय बहादुर शाहीको आथित्यमा पाँचौ पूर्ण बैठक बसेकोे एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो ।
पार्टीको क्न्द्रिय निती अनुसार वडा केन्द्रीत अभियान सञ्चालन सम्बन्धि निर्णय हुनुका साथै प्रदेश निर्वाचन समन्वय कमिटी गठन गर्ने निर्णय गरिएको जिल्ला पार्टी सचिव बोहराले बताउनुभयो । यस्तै निर्वाचन क्षेत्र नम्बर एक मा जिल्ला कमिटी सदस्य रमेश ऐडी संयोजक, राजेन्द्र शाही उपसंयोजक, सचिवमा जग भण्डारीलाई तोकिएको छ । त्यसै गरी निर्वाचन क्षेत्र नम्बर दुईमा समन्वय किमिटको संयोजक प्रतिमा लामा, उपसंयोजकमा दिप बहादुर शाही रहेको उहाँले बताउनुभयो । साथै एमालेको उक्त पार्टीको बैठकले विभागको पूर्णता लगायत जिल्ला कमिटीको कार्य वभिाजन सहित महत्पूर्ण निर्णय गरी सम्पन्न भएको सचिव बोहराले बताउनुभयो ।
गएको पुष २१ र २२ गते बसेको केन्द्रीय कमिटिको बैठकले ३ महिने वडा केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै जिल्ला कमिटि हुम्लाको बैठक बसेकोे जिल्ला कमिटि सचिव बोहराले जानकारी दिनुभयो । यही माघ ५ गते बसेको कर्णाली प्रदेश कमिटिको बैठकले पनि केन्द्रीय कमिटिले गरेको निर्णय अनुसार वडा केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै आज १४ गते बैठक बसेकोे हमो । आजै भएको उक्त बैठकले एमाले प्रति विपक्षी दलहरुले बजारमा फैलाएको जुन किसिमको हल्ला छ त्यसलाई चिरफार गर्दै अगाडी बढ्न तीन महिने अभियानले थप सहयोग पुग्ने बोहराले बताउनुभयो ।