सिमकोट । सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले पुस महिना यतादेखि हुम्लामा आफ्नो नियमीत उडान पूर्ण रुपमा बन्द गरेको छ । जिल्लामा उडान गरिरहेको एउटा मात्रै ट्विनअटर जहाज पनि ग्राउन्डेड भएपछि पुस सात गतेदेखि उडान पूर्ण रूपमा ठप्प भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले बताउनुभयो ।
नेपाल एयरलाइन्सको चालु अवस्थामा रहेको एकमात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि दुर्गम जिल्ला हुम्ला सहितका विभिन्न दुर्गम क्षेत्रको उडान ठप्प हुँदै आएको प्रमुख लामाले बताउनुभयो । उडान बन्द भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती खेप्नु परेको गुनासो पोख्ने गरेका छन् ।
नेपालगञ्ज र सुर्खेतबाट नेपाल वायुसेवा निगमले हुम्लाका लागि हप्ता दिनमा दुई पटकमा तीन फलाइट गर्दै आएको थियो । कर्णाली प्रदेशको सुर्खेतबाट हप्ताको एक दिन उडान गर्दै आएको नेपाल एयरलाइन्सले पछिल्ला दिनमा आफ्नो नियमीत सेडुल अनुसारको उडान भर्न नसकेको हो । सुर्खेतबाट हप्ताको एक दिन र नेपालगञ्जबाट हप्ताको दुई गरी हप्तामा तीन फलाइट आफ्नो उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्सले हुम्लामा अझै उडान गर्न एक महिनासम्म लाग्ने देखिएको नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख लामाले बताउनुभयो ।
सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्ला सहित कर्णाली प्रदेशका हिमाली जिल्लामा आफ्नो नियमीत फलाइटको उडान भर्न नसकेको हो । सरकारी स्वामित्वमा रहेको उक्त जहाजले उडान भर्न नसक्दा सिमकोटदेखि जिल्ला बाहिर जाने यात्रु समस्यामा परेका छन् । निजी एयरलाइन्सले आफ्नो अनुकल उडान भर्दै आएका छन् ।
नेपाल एयरलाइन्सले हुम्लामा सहुलियतमा आफ्नो उडान भर्दै आएको थियो । जहाजले उडान भर्न नसक्दा सहुलियत भाडा दरमा समेत समस्या हुँदै आएको यात्रुले गुनासो पोखेका छन् ।