सिमकोटमा दिप प्रज्वलन गरी मनाइयो शहीद

Nepal Chek बुधबार, माघ १६, २०८१

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा बुधबार साँझ दिप प्रज्वलन गरी सहिद दिवस मनाइएको छ । जिल्ला प्रशासन हुम्लाको अगुवाइमा प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा दिप प्रजलन गरी मनाइएको हो । सदरमुकाम सिमकोटको लोकतान्त्रिक चोकमा यहाँ सुरक्षाकर्मी, राजनितीक दल, नागरीक समाज, सञ्चारकर्मी लगायतको उपस्थितमा शहीद दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।

शहीदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेय, जिल्mला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्रका जिल्ला पार्टी सचिव धर्मराज बोहरा, राप्रपा हुम्लाका अध्यक्षय विकास महत, पत्रकार महासंघका जिल्ला अधिकारी राजन रावत लगायतले दिप प्रज्वलन गर्नुका साथै अन्य सुरक्षाकर्मी लगायतको उपस्थित रहेको थियो ।

विक्रम संवत् २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ । शहीदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो अझै मेटिएको छैन । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिवद्धता भने निरन्तर आउने गरेको छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरि विविध कार्यक्रम हुँदै आएको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]