सिमकोट । हुम्लामा रहेका चौवाली वटा सरकारी कार्यालयमा सूचना अधिकारी तोकिएका छन् ।
जिल्ला प्रशासन कार्यालय हुम्लाले यहाँ स्थित सरकारी कार्यालयमा सूचना अधिकारी नहुँदा समस्या भएको सेवाग्राहीबाट गुनासो आएपछि आजदेखि संघ, प्रदेश मातहतका कार्यालयमा सूचना अधिकारी तोकिएको हो ।
जिल्लामा रहेका सबै कार्यालयमा सूचना अधिकारी तोकिएको प्रमुख जिल्ला अधिकारी नारायाण् पाण्डेयले बताउनुभयो ।
संघीय सरकारका २४, प्रदेश सरकारका १२, स्थानीय तहका आठ र एक रेडक्रश गरी ४४ वटा सरकारी कार्यालयमा सूचना अधिकारी तोकिनुका साथै सेवा प्रदाय निकाय हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । जिल्ला स्थित सबै कार्यालयले अधिकृत स्तरको कर्मचारी र नभए नायव सुव्वा स्तरको कर्मचारीलाई सुचना अधिकारी तोक्ने कार्य भएको उनले जानकारी दिए ।
हुम्लाका राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज र सेवाग्राहीबाट सरकारी कार्यालयबाट आवश्यक सुचना लिन नपाईने र पाईए पनि अधुरा पाउने गरेको गुनासो आएपछि सूचना अधिकारी तोकिएको हो ।