हुम्लामा तीन हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

Nepal Chek बिहिबार, माघ १७, २०८१

सिमकोट । हिमाली जिल्ला हुम्लामा तीन हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ ।

१० देखि १४ वर्ष उमेर समूहका तीन हजार चार सय ४३ किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिँदैछ । विद्यालय जाने किशोरी र विद्यालय नजाने दुबै उक्त समुहका उक्त किशोरीमा यो खोप लगाइने भएको हो । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर प्रतिक्षा भारतीका अनुसार, जिल्लाका सातवटा स्थानीय तहमा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान सञ्चालन हुने भएको बताउनुभयो । देशभर माघ २२ गतेदखि फागुन ६ गतेसम्म यो खोप अभियान सञ्चालन हुने भएपनि हुम्लामा भने फागुन १८ गतेदेखि केही ढिला गरी खोप अभियान सञ्चालन हुने भएको प्रमुख भारतीले बताउनुभयो । जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्लाको विभित समस्यालाई हेरी केही समय ढिला गरी यो खोप अभिययान सञ्चालन हुने भएको हो ।

जिल्लाको ६ वटा स्थानीय तहमा फागुन २९ गतेसम्म यो खोप अभियान सञ्चालन हुने भएको छ । भने उत्तरी नाम्खा गाउँपालिकाको हिमाल पारीको गाउँ लिमी, यारी लगायतका गाउँ हिउँले बाटो बन्द हुने हुँदा फागुन महिनाको बिस गतेदेखि २०८२ सालको बैशाख सात गतेसम्म उक्त खोप अभियान सञ्चालन हुने भएको प्रमुख भारतीले बताउनुभयो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिबाको १७ खोप केन्द्रबाट तीन सय १९ किशोरी, सिमकोटमा बिस खोप केन्द्रबाट सात सय ५६, खार्पुनाथमा १५ खोप केन्द्रबाट तीन सय ६५, सर्केगाडमा १८ खोप केन्द्रबाट ६ सय ८६, चंखेलीमा सात खोपबाट तीन सय ३१, अदानचुलीमा दश खोप केन्द्रबाट ६ सय सात र ताँजकोटमा १२ खोप केन्द्रबाट तीन सय ७८ जना किरोशीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ ।

विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि उक्त खोप लगाइने तयारी गरिएको छ । खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र एक सय ९८ जना स्वयंसेवक परिचालन गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]