ठेहे गाउँका युवाले आफ्नो संस्कृति जोगाउन काठमाण्डौँमा मनाए चैतलो

Nepal Chek सोमबार, फाल्गुण १२, २०८१

सिमकोट । ठेहे उदयमान युवा क्लवको आयोजनामा संघिय राजधानी काठमाण्डौँमा गाउँमा मनाइने चैतलो पर्व मनाइएको छ । ठेहे गाउँमा प्रत्येक वर्षको फागुन १२ गते मनाइदै आएको चैतलो पर्वलाई काठमाण्डौँमा अध्ययन, रोजगार व्यवसाय गर्दै आएका युवा लगायत मिलेर यो पर्व मनाएका हुन् ।

गाउँमा पुस्तौदेखि मनाइदै आएका परम्परा, संस्कृति, रहनसहन, पहिरन, भेषभूषालाई जोगाइ राख्नका लागि पनि काठमाण्डौँमा चैतलौ पर्व मनाइएको सोही क्लवका सहसचिव हिमाल बोहराले बताउनुभयो । काठमाण्डौँको तीन कुनेमा आयोजना गरिएको देउडा प्रतियोगितामा हुम्ला सहित छिमेकी कर्णाली र सुदुरपश्चिमका देउडा खेलाडीले आफ्नो सहभागीता समेत जनाएका थिए ।

सहभागी भएका ६ वटा टिम मध्ये प्रमथ ठेहे उदयमान युवा क्लव, दोस्रो सुदुरपश्चिम भएको आयोजकले जनाएको छ । त्यसैगरी सिमकोट गाउँपालिका वडा नम्बर एक ठेहे गाउँमा जन्मिनुभएका पछिल्लो समयका चर्चित गायक नवराज भण्डारीले आफ्नो देउडा प्रस्तुती समेत दिनुभएको थियो । भने उक्त क्लवले गायक भण्डारी सहित हुम्लाका गायक गायिकाहरुलाई सम्मान समेत गरिएको थियो ।

साथै प्रथमलाई पुरस्कार रु पाँच हजार, पाँच सय, ५५ सहित प्रमाणपत्र, दोस्रो हुनेलाई तीन हजार, तीन सय, ३३ रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको जानकारी प्राप्त भएको छ । सोही क्लवका बरिष्ठ सदस्य सारीका बोहराको अध्यक्षतामा र सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख आथित्यमा देउडा आयोजना भएको हो । साथै उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान), सोही पार्टीका प्रदेश सदस्य जस बहादुर भण्डारी, ठेहे गाउँका बुद्धिजीवि लगायतको उपस्थित रहेको थियो । यस्तै कार्यक्रम सम्पन्नपछि देउडा खेल खेलिएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]