एमाले हुम्लाको वडा केन्द्रित जरा अभियान २१ वडामा सम्पन्न

Nepal Chek मंगलबार, फाल्गुण १३, २०८१

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाले तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ जिल्लाका २१ वटा वडामा सम्पन्न गरेको छ । सातवटा स्थानीय तहमा रहेका ४४ वडामा अब २३ वडामा यो अभियान बाँकी रहेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो । ‘जरा अभियान’ मा ताँजकोटका दुई, अदानचुलीका सबै वडामा, चंखेलीका दुई, सर्केगाडका ६, खार्पुनाथका दुई र सिमकोटका ३ वटा वडा गरी २१ वडामा सम्पन्न भएको पार्टी सचिव बोहराले बताउनुभयो । यस्तै नाम्खा गाउँपालिकाका सबै वडा बाँकी रहेको बताइएको छ । तीन महिने ‘जरा अभियान’ बाँकी रहेका वडामा समेत हुने भएको बताइएको छ । आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर चलिरहेको ‘मिसन–८४’ अभियानसँगै नेकपा एमाले हुम्ला वडाकेन्द्रित अभियानमा जुटेको उहाँले बताउनुभयो ।

केन्द्रिय कमिटिको निर्णय अनुसार नेकपा एमाले हुम्लाले संगठनका कमजोरी, जनताको चासो र गुनासो संकलन गरी सम्बोधनको प्रयास गर्ने उद्देश्यसहित अभियानमा लागि परेको हो ।

‘जरा अभियान वडा केन्द्रीत कार्यक्रम हो । जनतासम्म पुग्ने भेटघा गर्ने, समस्या के हो ? आवश्यकता के के छन् ? संकलन गर्ने र कार्यान्वयनमा पहल गर्नुका साथै पार्टी सरकारमा हुँदाको समयमा भएका कामहरुको प्रचार गर्दै एमालेमाथी हाल भइरहेको साइबर आक्रमणलाई साइबरबाटै प्रतिकार गर्न पनि अभियानले सहयोग पुग्ने जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीले बताउनुभयो । एमालेको नेतृत्वमा भएका राम्रा कामहरू जनतासम्म पु¥याउने र जनताको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्न यो अभियान संचालन गरिएको उहाँले बताउनुभयो । वडा केन्द्रित अभियान अन्तर्गत तीन महिनासम्म संचालन हुने जरा अभियानमा स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरु प्रत्यक्ष रुपमा खटिरहेको बताइएको छ ।

संगठनका कमजोरी, जनताको चासो र गुनासो के छ भन्ने कुरा त्यो अभियानको क्रममा संकलन गरिने र सम्बोधनको प्रयास हुने बताइएको छ । तीन वटै तहमा रहेर जनताको हितमा एमालेले काम गरिरहेकाले त्यसको प्रचारमा पनि पार्टीपंक्ति परिचालन गरिने बताइएको छ । अभियानका क्रममा हुने महत्वपूर्ण काम भनेको जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु हो । ‘यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]