सिमकोट । नेकपा माओवादी केन्द्रको जिल्ला समन्य समिति हुम्लाको दोश्रो पूर्ण जिल्ला समन्वय समितिको बैठक जारी रहेको छ । सदरमुकामा सिमकोटमा रहेको मानसरोवर होटलमा शनिबारबाट सुरु भएको बैठकमा माओवादी केन्द्र र प्रदेशका गरेको निणर्यको सर्ककुलर केन्द्रीय नेताहरुले प्रस्तुत गरेको जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान)ले बताउनुभयो । शनिबारबाट शुरुभएको पूर्ण बैठकमा माओवादी केन्द्रका सातवटै गाउँपालिका र जनवर्गिय संगठनका नेताहरुले आफनो कार्याक्षेत्रमा भएका गतिविधि सहित आफ्नो धारणा राख्ने क्रम चलिरहेको जिल्ला पार्टी सचिव बोहराले बताउनुभयो ।
जिल्ला समन्वय समितिको बैठकअघि बसेको पदाधिकारी बैठकले पूर्ण बैठकको एजेण्डाहरु जिल्ला समन्वय समिति हुम्लाका संयोजक डाक्टर दीपेन्द्र रोकायाले सुनाउनु भएको थियो । भरखरै केन्द्रीय समितिको बैठकले निणर्य गरेको सरकुलर र कर्णाली प्रदेशको निणर्य र पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । माओवादी केन्द्र हुम्लाले समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा निर्णय लिनेभएको छ । जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने बताइएको छ ।
जिल्ला समन्वय समितिका संयोजक डा रोकाया अध्यक्षतामा शनिबार शुरु भएको बैठकमा आगामि दिनमा केन्द्र र प्रदेशले जनतामा र्फकिने योजना गर्न लागेको पार्टीको सर्कुलर माथि छलफल गर्नुका साथै सुझाव संकलन गरिएको नेकपा माओवादी केन्द्र हुम्लाले जनाएको छ ।
बैठकमा जिल्ला समन्वय समितिका सदस्य देखि जिल्लाबाट प्रदेश तथा केन्द्रसम्म प्रतिनिधित्व गर्ने नेता कार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ । बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज छिमीदोर्जे लामा (आशाकार),केन्द्रीय सदस्य विजय भण्डारी (प्रतिरोध),वैकल्पीक केन्द्रीय सदस्य शुस्मीता शाही,पार्टी प्रदेश कमिटी सह–इन्चार्ज लालकेश जैशी,केन्द्रीय र केन्द्रीय सल्लाहकार कमिटी सदस्य लगायत जिल्ला समन्वय कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।