सिमकोट । हुम्लाको मध्ये भेगमा बुधबार बिहान माटोको ढिस्कोले पुरिदा एक जनाको घट्नास्थलमै मृत्युु भएको छ भने चार जना महिला घाइते भएका छन् । सर्केगाड गाउँपालिका-७ रोडिकोट गाउँको राहकोट भन्ने ठाउँमा बुधबार बिहान घर लिपपोतका लागि माटो लिन गएकी २८ वर्षकी नेत्रकला जैसीको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिनुभयो । माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर मृत्युु भएको हो । मृतक जैसीको पोष्टमार्टम कसरी गर्ने भन्ने विषयमा अन्यौल भइरहेको सूचना अधिकारी सुवेदीको भनाइ छ ।
यस्तै माटोको ढिस्कोले पुरेर चार जना महिला घाइते भएको जानकारी प्राप्त भएको छ । घाईते हुनेमा सर्केगाड गाउँपालिका- ७ रोडिकोटकै २५ तीर्थकला जैसी,२७ वर्षिय जालकी जैसी, २० वस्षिय लक्षीमा जैसी र २६ मन्जु जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । मञ्जु जैसी सामान्य घाइते भएको र अन्य तीन जना महिला गम्भीर रहेको जानकारी आएको सुवेदीले बताउनुभयो । बुधबार माटोको ढिस्कोमा पुरिएर घाइते भएका महिलाको उद्वारका लागि पहल भइरहेको बताइएको छ । अहिले घाइतेको रोडिकोटमै रहेको स्वास्थ्यचौकीमा प्रथामिक उपचार भइरहेको छ ।