सिमकोट । हुम्लाको मध्ये भेगमा पर्ने सर्केगाड गाउँपालिका–४ दुल्ली स्थित बहिरा संघ नामक छात्रा बासलाई सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेड सर्केगाड शाखाले आवश्यक खाद्यान्न सहयोग गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखाले आर्थिक वर्ष २०८१÷०८२ को संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) कार्यक्रम अन्तर्गत उक्त बहिरा संघ छात्रा बासलाई सहयोग गरिएको हो ।
छाबासमा बस्ने बालबालिकालाई सहयोग पुगोस् भन्ने हेतुले आवश्यक खाद्यान्न सहयो गरिएको सिटिजन्स बैंक सर्केगाडका सुवास भण्डारीले बताउनुभयो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु पच्चीस हजार बराबर खर्च गर्न मिल्ने भएकोले अरुमा खर्च गर्नुभन्दा छात्राबासलाई सहयोग गरिएको भण्डारीले बताउनुभयो । रु पच्चीस हजारको दश बोरा चामल सहयोग गरिएको भण्डारीले बताउनुभयो । विभिन्न समयमा सिटिजन्स बैंकले बालबालिका, शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
उक्त सहयोग खाद्यान्न सामग्री सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया र उपाध्यक्ष देवकी रोकाया तिमिल्सीनाले हस्तान्तरण गर्नुभएको थियो । उक्त छात्रा बासलाई एक कार्यक्रमको आयोजना गरी खाद्यान्न सहयोग गरिएको हो । यस्तै सहयोगले छात्रा बासलाई थप होसला मिल्नुका साथै सिटिजन्स बैंकलाई बहिरा संघ सर्केगाड छात्राबासका सञ्चालक धर्म फडेराले धन्यवाद समेत दिनुभएको थियो ।