नेकपा माओवादी केन्द्र सिमकोटको अध्यक्षमा रावत

Nepal Chek मंगलबार, चैत्र २५, २०८१

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिमकोट गाउँपालिकाको अध्यक्षमा प्रकाश रावत सर्वसहमत निर्वाचित हुनु भएको छ । माओवादी केन्द्र सिमकोट गाउँपालिकाको तेस्रो अधिवेशनबाट सर्वसहमतबाट अध्यक्षमा रावत, उपाध्यक्षमा जोमन लामा, रिठु रावत, भक्त परियार, सचिवमा हिरा बहादुर शाही, कोषाध्यक्षमा धनजित बोहरा (अशोक) र सह–सचिवमा रिक्जन लामा निवार्चित हुनुभएको जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान)ले बताउनुभयो । अध्यक्षमा रावत सहित ४५ सदस्यीय गाउँ कमिटी सर्वसहमत चयन भएको सचिव बोहराले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र असिमकोट गाउँपालिकाको अध्यक्ष पदको आकांक्षी पाँच जना भएपनि साझा छलफलबाट नयाँ नेतृत्व चयन भएको बताइएको छ । सिमकोट गाउँ कमिटीबाट ४० जना निर्वाचित भएका छन भने पहिलो बैठकबाट पाँच जना थप गर्ने गरि मनोनित गरिने भएको जानकारी प्राप्त भएको छ ।

माओवादी केन्द्र सिमकोट गाउँ कमिटीको तेस्रो बैठक चैत २४ गतेदेखि २६ गतेसम्म जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन भएको थियो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमको सहजीकरण माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा सिमकोट गाउँपालिका इन्चार्ज जस बहादुर भण्डारीले गर्नुभएको थियो । उक्त अभिवेशन सिमकोट गाउँपालिका पूर्व अध्यक्ष ताक्लाजिम्केत लामाको अध्यक्षतामा र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]