शुक्रराजमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा सुरु

नेपालचेक समचारदाता शुक्रबार, आषाढ १८, २०७८

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा सुरु भएको छ । शुक्रराज अस्पतालमा नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा सुरु गरिएको अस्पतालका निर्देशक डा.अनुप बास्तोलाले जानकारी दिए ।

अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका २ हजार ११ जनाले यो बिमा कार्यक्रमबाट फाइदा लिन सक्ने अस्पतालले जनाएको छ । यद्यपि, स्वास्थ्य बीमा बोर्डले भने यसअघि नै एचआइभी संक्रमितको निशुल्क स्वास्थ्य बीमा गर्ने  निर्णय गरिसकेको थियो । स्वास्थ्य बीमा गरेका एचआइभी संक्रमितहरुले वार्षिक १ लाख सम्मको निशुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]