सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा

नेपालचेक समचारदाता सोमबार, साउन १८, २०७८

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुको बैठक सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो ।

शीर्ष नेताको बैठकमा कार्यदलको ड्राफ्टका साथसाथै मन्त्रिपरिषद् विस्तारको विषयमा सहमति जुटाइने बताइएको छ ।

देउवा सरकारलाई सघाएको माधव नेपाल पक्ष भने सरकारमा सहभागी नहुने मुडमा देखिएको नेताहरुले बताएका छन् । शीर्ष नेताको बैठकमा पनि आज नेपला सहभागी छैनन् ।

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक आजै बसेको थियो । सो बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट तयारी गरेको थियो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको काँग्रेस, माओवादी र जसपा सम्मिलित कार्यदलले सरकार सञ्चालनका सन्दर्भमा सैद्धान्तिक सहमति जुटाउने प्रयास गरिरहँदा तीन विषयमा डकुमेन्ट ड्राफ्ट गरेको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]