सिमकोट । कोरोना भाइरसको संक्रमणको डरले लामो समयदेखि बन्द भएका विद्यालयहरुलाई अदानचुली गाउँपालिकाले यहि साउन २१ देखि सूचारु गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको अदानचुली गाउँ कार्यपालिकाको बैठकले कोरोना संक्रमणको दर निकै न्यून भएकाले स्वास्थ्यका सबै प्रोटोकल अपनाएर साउन २१ गते बाट पालिका भरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।
‘कोरोना संक्रमणको दर बढ्दै गएका कारण जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्रको निर्णय अनुसार बन्द भएका विद्यालयलाई हामीले स्वास्थ्य सावधानी अपनाएर यही साउन २१ ग्तेदेखि सञ्चालन गर्ने निर्णय गरेका छौं’ अध्यक्ष फडेराले भने, ‘अहिले कोरोना संक्रमणको दर प्रायः सुन्यकै अवस्थामा भएकाले विद्यालय बाहेक अन्य कुनै पठनपाठनको विकल्प नभएका कारण हामीले भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं ।’
अदानचुली गाउँपालिका सँगै सिमाना जोडिएको ताँजकोट गाउँ कार्यपालिकाको साउन ७ गतेको निर्णय अनुसार साउन १५ गतेदेखि सबै विद्यालय सूचारु गरे लगत्तै अदानचुलीले २१ गतेदेखि आप्mनो पालिका भित्रका सबै विद्यालय सञ्चालन गर्ने निस्कर्षमा पुगेको हो । उता चंखेल्नी गाउँपालीकाले यस अघी नै आप्mनो पालिका भित्रका विद्यालय यसअघि नैं सञ्चालनमा आइसकेको चंखेल्नी गाउँपालिकाका प्रवक्ता हरिहर उपाध्ययले जानकारी दिए ।