अदानचुलीमा एमाले अभियानः पार्टी प्रवेश देखि कार्यालय स्थापनासम्म

नेपालचेक समचारदाता बुधबार, साउन २०, २०७८

हुम्ला। वडा स्तरिय पार्टी कार्यालय स्थापना मार्फत आप्mना राजनीतिक गतिविधि वडा स्तरमा लिएको नेकपा एमालेले अदानचुली–१ कल्खेमा कार्यक्रमको आयोजना गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ४ बाट शुरु गरिएको कार्यक्रम अन्तरगत चौथो कार्यक्रमका रुपमा कल्खेमा मंगलबार कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले अदानचुली गाउँपालिकाका अध्यक्ष बुधे भण्डारीले जानकारी दिए ।

एमाले वडा नम्बर एक कल्खेका पार्टी अध्यक्ष दिपक थापाको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष एव्म एमाले कर्णाली प्रदेश कमिटि सदस्य दल फडेराको प्रमुख अतिथिमा सञ्चालन भएको कार्यक्रममा जननिर्वाचित सरकारलाई सर्वोच्चको परमादेशले विस्थापित गरेको सन्देश गाउँस्तरमा लिनका लागि कार्यक्रमको आयोजना गरिएको एमाले वडा नम्बर १ का अध्यक्ष दिपक थापाले जानकारी दिए ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै गाउँपालिका अध्यक्ष दल फडेराले कल्खेमा भएको अतिवादका विरुद्ध पनि सबैले प्रतिकार गर्नुपर्ने बताए । ‘बाहिर बाट योजना ल्याउने तर गाउँमा आएर उक्त योजनाको रकममा निमुखा नागरिकमाथि अत्याचार गर्ने निरंकुश शासन अहिलेपनि कल्खेमा चलिरहेको बताएका अध्यक्ष फडेराले त्यसको प्रतिवाद गर्न र त्यस्ता अत्याचारको भण्डाफोर गर्न कल्खेका नागरिकलाई आग्रह गरे ।

‘योजनाको किट्कन लिएर उक्त योजनाको नाममा आएका सिमेण्ट, सरिया बेचेर जिविको पार्जन गर्नेले गाउँको शासन चलाउने पुरातनवादी समय अहिले छैन्’ फडेराले थपे, ‘त्यस्ता अत्यचारको विरुद्धमा लाग्ने नागरिकको रक्षाका लागि स्थानीय सरकार हमेसा लागिपरेको छ ।’

कर्यक्रममा गाउँपालिकाका उपाध्यक्ष एवम् एमाले प्रदेश कमिटि सदस्य सौमती रावल (ऐडी), वडा नम्बर ३ का वडा अध्यक्ष दत्त विष्ट, २ का अध्यक्ष दलबहादुर बुढा, एमाले अदानचुलीका अध्यक्ष बुध भण्डारी, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल अध्यक्ष हरिप्रसाद जैशी, शिक्षक राजबहादुर दानी, एमालका संस्थापक रामबहादुर दानी, कर्ण महतारा, एमाले जिल्ला कमिटि सदस्य अदानकला महतारा लगायतले एमालेको सरकारका राम्रा कामका चर्चा गरेको एमाले अदानचुली १ का अध्यक्ष दिपक फडेराले जानकारी दिए ।

विभिन्न पाटीबाट १६ जना एमाले प्रवेश

कार्यक्रममा अन्य विभिन्न पार्टी परित्याक गरेर १६ जनाले एमाले प्रवेश गरेको एमाले अदानचुली १ का अध्यक्ष दिपक थापाले जानकारी दिए । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा माओवादी (विप्लव) लगायतका राजनीतिक दल परित्याक गरेर १६ जनाले एमाले प्रवेश गरेको टिका लगाएको थापाले बताए ।

एमाले प्रवेश गरेर टिका थथाप्नेमा गोविन्द महतारा, खड्क थापा, धर्मेन्द्र थापा, मेज थापा, मनराज लुवार, हिमाल कामी रहेका छन् । एमाले कर्णाली प्रदेश कमिटि सदस्य तथा अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराको हातबाट पार्टी प्रवेशको टिका लगाउनेका रामचन्द्र लुवार, बाँचे लुवार, भदौरे लुवार, रंगलाल महतारा, बल महतारा, तिलक परियार, पुष्प थापा, प्रेमकला थापा रहेका छन् ।

गाउँका निमूखा तथा असाय नागरिकहरुको सहारा बन्दै सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने सरकारका एमालेको भएकाले आफूले अन्य पार्टी परित्याक गर्दै एमालेमा प्रवेश गरेको नव प्रवेशी पुष्पा थापाले बताइन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]