ठाकुर–महतोको मधेस दौडाहाः उपेन्द्र यादवको ‘भण्डाफोर’

नेपालचेक समाचारदाता शनिबार, साउन २३, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर–महतो पक्षको छ ।

सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत गर्यो । जहाँ ठाकुर–महतो पक्षका शीर्ष नेताले सम्बोधन गरेका छन् । निर्वाचन आयोगबाट अध्यक्ष यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर–महतो पक्ष संगठन निर्माणका साथै ‘यादवको अवसरवादी चरित्र भण्डाफोर गर्न’ भन्दै जिल्ला दौडाहामा लागेका हुन् ।

जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार बारा, सप्तरी, सिराहा र महोत्तरीमा एकै दिन विस्तारित बैठक सम्पन्न भएको छ । बारामा जसपा नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गरेका छन् ।

सप्तरीमा वरिष्ठ नेता महतो, केशव झा, बृषेशचन्द्र लाल र राजिव झा, सिराहामा अनिल झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राईन तथा महोत्तरीमा अध्यक्ष ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले बिशेष सम्बोधन गरेका छन् ।

बारा, सप्तरी, सिराहा र महोत्तरीको कार्यक्रम सम्पन्न भएसँगै शीर्ष नेता मधेसका अन्य जिल्लामा विस्तारित बैठक, विशेष सम्बोधनसहित संगठन निर्माण गर्दै अघि बढ्ने कार्यक्रम रहेको झाले जानकारी दिए । जिल्ला कार्यक्रममा सम्बोधन गर्ने नेताले अध्यक्ष यादवविरुद्ध आक्रमक अभिव्यक्ति दिएका छन् । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]