हुम्लामा पहिलो पटक शव जलाउने घाट बनेको छ ।
खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलो पटक शब जलाउने घाट निर्माण भएका छन् । नदीको तिरमा लाश जलाउने कार्य भई रहेको बेला त्यसलाई नदीको वहावबाट बच्न र व्यवस्थित लाश जलाउनका लागि घाटको निर्माण गरिएको हो ।
कर्णाली नदीको तिरमा लाश जलाउने घाट निर्माण भएर मलामीलाई सहज भएको सिमकोट गागँपालिका–५ का पुसे रोकायाले बताए । ठेहे, सिमकोट लगायतका गाउँबाट लाश बोकेर घाटसम्म पुग्न दुई,तीन घण्टा लाग्ने समय लाग्ने गरेको भएपनि पानीको बहाब बढेको नदीको किनारमा जलाउन कठिन भई रहेका बेला घाट निर्माणले सजिलो बनाएको उनले बताए ।
गतवर्ष घाट नहुँदा एक जना मलामीको बढेको नदीको पानीमा लाश जलाउने अस्थायी ढुङ्गाको घाट बनाउने क्रममा धन्नै ज्यान जोखिममा परेको बताउनुभयो । पक्की लाश जलाउने घाट बनेपछि मलामीलाई लाश जलाउन सहज भएको छ ।
वर्षामा नदीमा पानीको बहाब बढ्दा लाश जलाउन कठिन हुने देखिएकै कारण नयाँ घाटको निर्माण गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए । खार्पुमा तीन वटा पक्की घाट निर्माण गरिएको कारण अब मलामीलाई सजिलो हुने अध्यक्ष रावलको भनाई छ । यी घाटहरु सिमकोट र खार्पुनाथ गाउँपालिका ११ वटा गाउँबाट लगिने लाश जलाउन सहज भएको छ । नदी किनारमै अस्थायी घाट बनाएर लाश जलाउदा मलामीलाई जोखिम देखिएको र लाशलाई व्यवस्थित गरेर जलाउन नायँ घाटको निर्माण गरिएको बताए ।
घाट निर्माण गरेर प्रयोगमा आएसंगै यसअघि नदीको तिरमा हावा लाग्ने भएको कारण लाश राम्रोसंग नजलेरै नदीमा फाल्नु पर्ने बाध्यताबाट अब मलामीले मुक्ति पाउनु हुने बिस्वास गरिएको छ ।
घाट निर्माण र नदीमा तटबन्धन गर्नका लागि कर्णाली प्रदेश सभामा हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने ख नम्बर क्षेत्रका माननीय जीवन बहादुर शाहीले प्रदेश पुर्बाधार बिशेष कार्यक्रमबाट पचास लाख बजेट बिनियोजित गरेर खर्च गरिएको हो । यसका लागि खार्पुनाथ गाउँपालिकाले समन्वय गरेको थियो ।