सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर बढेपछि हुम्लाको सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध सचेत रहनका लागी ‘तपाईको मास्क खोई ’ अभियान शुरु गरेको छ । शनिबारदेखि अभियान शुरुभएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरीरहेका सर्वसाधरणहरुलाई मास्क समेत वितरण गरीएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय हुम्लाले ‘तपाईको मास्क खै’ अभियान सुरु गरेका हुन् ।
केही दिन अघिबाट शुरुभएको अभियान निरन्त रहने भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
सदरमुकाम सिमकोट सहित जिल्लाभर निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र नागरिकहरुले जनस्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरणसँगै ‘तपाईको मास्क खोई ’ अभियान सुरु गरिएको निमित्त तथा प्रहरी निरीक्षक भण्डारीले बताए । सदरमुकाम सिमकोटको बजार क्षेत्रमा प्रहरीले दैनिक दिन कोरोना संक्रमणबाट बच्नका लागी सचेतनामुलक सन्देश दिएर माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।