सिमकोटमा खोप अभियान सम्पन्न, लक्षित समुहका नागरीकका लागी भोली देखि गाउँमा पठाईने

दाने बोहरा बुधबार, साउन २७, २०७८

सिमकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले सञ्चालन गरेको तीन दिने खोप अभियान आजबाट सम्पन्न भएको छ । जिल्लामा केही दिन अगाडी पुगेको भेरोसेल र जोन्सोन एण्ड जोन्सोन खोप लगाउने कार्य आजबाट जिल्ला स्वास्थ्य सेवा कार्यालय सिमकोटमा सकिएको र भोली देखि दक्षिण भेगका नागरीकहरुका लागी पठाउने तयारी भईरहेको जानकारी प्राप्त भएको छ ।

तीन दिनको अवधिमा सदरमुकामवासि र सिमकोट गाउँपालिका वडा नम्बर पाँच र ६ का जेष्ठ नागरीक, शिक्षक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, अपाङ्गता भएका व्यक्तिहरुलाई खोप लगाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका कोल्डचेन अशिस्टेन मान बहादुर रोकायाले बताए । सोमबार देखि आजसम्म भेरोसेल पहिलो डोज एक सय ४९ जनाले लगाएका छन् भने दोस्रो मात्राको डोज ४५ जनाले लगाएको रोकायाले बताए  ।

यस्तै जोन्सोन एण्ड जोन्सोन एक सय ५० जनाले लगाएको उनले बताए । अमेरिकामा उत्पादन भएको जोन्सोन एण्ड जोन्सोन खोप एक डोज मात्रै लगाइने भएको र जिल्लामा कोही कसैलाई नराम्रो नपारेको उनले जानकारी दिए । जिल्लामा भेरोसेल एक हजार नौ सय १९ भाईल र जोन्सोन एण्ड जोन्सोन चार सय चालीस भाई आईपुगेको हो । सदरमुकाम सिमकोट सहित आसपासका क्षेत्रका लक्षित समुहका नागरीकलाई खोप लगाउने काय आज बुधबारबाट सम्पन्न भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ ।

भोली देखि जिल्लाको सर्केगाड, चंखेली,ताँजाकोट र अदानचुली गाउँपालिकामा भेरोसेल र जोन्सोन एण्ड जोन्सोन खोप गाउँपालिकाको माग अनुसार पठाउने भएको रोकायाले बताए । चंखेली र सर्केगाडका लागी सर्केगाड र ताँजकोट र अदानचुलीका लागी अदानचुली गाउँपालिकमा खोप पुग्ने र त्यतैबाट माग अनुसारको खोप लिन सकिने भएको बताइएको छ । दक्षिण भेगका लक्षित समुहलाई विषेश प्रथामिकताका आधारमा खोप लगाइने भएको छ । यस्तै खार्पुनाथ गाउँपालिकाको वडा नम्बर पाँचमा खोप लगाउने कार्य अन्तिममा आएको र अन्य वडाका लक्षित वर्गका लागी पठाइने भएको छ भने नाम्खा गाउँपालिकाभरी नै खोप लगाउने कार्य अन्तिम चरणमा आएको र बाँकि छुटफुटका लागी माग बमोजिम पठाइने भएको रोकायाले जानकारी दिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]