ठुलो दुर्घटना हुनबाट जोगियो सीता एयर

नेपालचेक समाचारदाता बुधबार, साउन २७, २०७८

सिमकोट । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज ठुलो दुर्घट्ना हुन्बाट बचेको छ ।

सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो ।

नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको बताए । जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो । विमानमा सवार चालक दलका सदस्यहरु सकुशल रहनुभएको छ । चालक दलका सदस्यहरु मात्र रहेको सीता एयरको नाईन.एन.एएचडी डोनिएर विमान रहेको छ ।

विमानको टायर पन्चर्ड भए पनि अन्य केही क्षेति नभएको विमानास्थलले जनाएको छ । उक्त जहाजलाई मानिसहरु मिलेर टायर पन्चर्ड भएको स्थानबाट घचेट्दै पार्किङस्थलसम्म ल्याइएको छ । नेपालगञ्ज वा सुर्खेतबाट नयाँ टायर ल्याउने तयारी भइरहेको सीता एयरले जनाएको छ । विमानस्थलमा जहाजको टायर पन्चर्ड भएपछि आज यतै रोकिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]