पार्टी र वाईसिएलको कमिटि गठन गर्दै माओवादी अदानचुलीको भेला सम्पन्न

नेपालचेक समाचारदाता बुधबार, साउन २७, २०७८

हुम्ला । पार्टी र युवा संगठन योङ कम्पुनिस्ट (वाइसिएल) को गाउँपालिका स्तरिय कमिटि गठन गर्दै माओवादी केन्द्रको अदानचुली भेला सम्पन्न भएको छ ।

आइतबारदेखि शुरु भएको भेलाले हरिदल पुनको अध्यक्षतामा ७५ सदस्यीय गाउँकमिटि र मिमबहादुर रोकायाको अध्यक्षतामा ७५ सदस्यीय वाइसिएल गाउँ कमिटि गठन गर्दै सम्पन्न भएको हो ।

जनयुद्धको झल्को दिने गरेर अदानचुली–को घोडे ढुंगामा शुरु भएको शुरु भएको कार्यक्रमले सबै वडास्तरमा पार्टी र जनवर्गिय संकठनका कमिटि गठन/पुर्नगठनका कामलाई अघि बढाउने निर्णय गरिएको माओावदी केन्द्रका अदानचुली इन्चार्ज कर्ण रोकाया ‘सुधार’ले जानकारी दिए ।

लामो समय संगठन विस्तारमा सुस्ताएको माओवादीले आप्mना कार्यकर्तामा उत्साह भर्न पार्टी र जनवर्गिय संगठनका पुर्नगठन गरेको बताएको छ । कार्यक्रमको अधिकांश समय अदानचुलीको स्थानीय सरकारको बिरोधमै खर्चेका माओवादी नेताहरुले स्थानीय सरकारले गरेकोे चुलो देखी पुलोको आयोजनामा निर्भर रहेर कार्यकर्ता खरिद विक्रीमा लागेको आरोप लगाएका छन् ।

‘अदानचुलीको स्थानीय सरकार आफन्त र अन्य पार्टीका कार्यकर्ता खरिदमै केन्द्रित छ’ अध्यक्ष जैशीले भने, ‘त्यस्ता कामको भण्डाफोर गरेर जनता समक्ष अवस्थालाई जस्ताको तस्तै राखेर संगठन बिस्तारमा लाग्नु नैं माओवादीका स्थानीय नेता र कार्यकर्ताको अवको कार्यभार हो ।’

आप्नो पार्टी संघियताको पक्षमा रहेको दावि गरेका अध्यक्ष जैसीले संघीयता जगाउनकै लागि एमालेसँगको एकता गरेको पनि एमालेको प्रतिगमनकारी हठका कारण नेपालका वामपन्थीको अवस्था पछिल्लो अवस्थामा गएको दावी गरे ।

कार्यक्रममा माओवादी हुम्लाका सचिवालय सदस्य दलु फडेरा ‘सञ्जय’, कर्ण रोकाया ‘सुधार’, गाउँ कमिटि अध्यक्ष हरीदल पुन लगायतले स्थानीय सरकारको बिरोध गर्दै आप्mनो मन्तव्य राखे ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]