महाधिवेशन सार्ने विषयमा देउवा र पौडेलबीच मतभेद

नेपालचेक समाचारदाता शुक्रबार, साउन २९, २०७८

काठमाडौं । कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् ।

केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने भनिएको थियो । तर, महाधिवेशन सार्न संवैधानिक अप्ठ्यारो फुकाउने विधि भने तय भइसकेको छैन ।

पाँचौ पटक निर्धारित मिति भदौ १६–१९ मा पनि कांग्रेसले महाधिवेशन गर्न नसक्ने अवस्था देखिएको छ ।

एक वर्षअघि नै १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा नयाँ मिति तोक्दै सारिँदै आएको छ । समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]