सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाले सिमकोट विमानस्थलमा नेपालगञ्जबाट आएको पाँच केजी यार्चागुम्बा करामद गरेको छ ।
आज विहान नेपालगञ्जबाट तारा एयरको विमानबाट आएको यार्चागुम्बा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्बा शर्माले जानकारी दिए । विमानस्थलमा प्रहरीले नियमीत चेकजाच गर्ने क्रममा विना पूर्जीको पाँच केजी ल्याएको भेटाएपनि बरामद गरेर आजै जिल्ला डिभिजन वन हुम्लामा पठाएको प्रहरी प्रमुख शर्माले बताए ।
डिभिजन वन कार्यालय बझाङ्ले दुई केजीको छुट पूर्जि दिएको भएपनि ३१ वर्षका नुर्वु तामाङले तीन केजी विना पुर्जिको सामान डिजिटल तराजुबाट तौल जाँच गर्नेक्रममा भेटिएपछि प्रहरीले बरामद गरेको हो । राजश्व तिरेको पुर्जिभन्दा बढी चेकजाँचका क्रममा भेटिएपछि प्रहरी अवैध भनेर कानुन सम्वत बरामद गरीएको हो ।
तामाङले राजश्व तिरेको पुर्जि भन्दा बढी यार्चागुम्बा ल्याएको हुनाले प्रहरीले यार्चा सहित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला डिविजन वन कार्यालय हुम्लाको जिम्बा लगाएको उनले बताए ।
अवैध सामाग्री ल्याएका तामाङलाई कानुन सम्वत कारबाही डिभिजन वन कार्यालयले अगाडी बडाउने शर्माले बताए ।
तामाङले पुर्जिमा दुई केजी र धनगडी,नेपालञ्ज हुँदै हुम्लासम्म लेखिएको बताइएको छ ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्नो गतिविधिलाई कडाईका साथ अगाडी बढाउँदै लिन थालेको छ ।