सिमकोट । हुम्लाको अदानचुली गाउँपालिकाले तत्कालिन श्रीनगर र कालिका गा.वि.स.मा कार्यरत महिला स्वास्थ्य स्वय्मसेविकलाई सम्मान सहित बिदाई गरेको छ ।
नेपाल सरकारले ल्याएको महिला स्वास्थ्य स्वयम सेविका सम्बन्धि मागदण्ड अनुसार पुराना स्वयम्सेविका नभएकाले गाउँपालिकाले मापदण्ड अनुसार नयाँ भर्ना गर्नका लागि पुरानालाई बिदाई गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए ।
लामो समयदेखि गाउँका चिकित्सकको भूमिका निर्वाह गर्दै आएका यसभन्दा अघिका महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानको कदर गर्दै सम्मानसहित औपचारिक कार्यक्रमका बीच बिदाई गरिएको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।
‘पछिल्लो मापदण्डले अनिवार्य रुपमा स्वयम्सेविकलाई माध्यमिक शिक्षा परिक्षा (एसइइ) उत्रिर्ण गरेको वा सो सरह हुने पर्ने व्यवस्था गरेपछि हामीले बाध्यभएर मापदण्ड अनुसारका स्ववयम्सेविकाको व्यवस्था गर्नु पर्ने अवस्था आयो’ फडेराले सम्मान तथा बिदाई कार्यक्रमलाई संवोधन गर्दै भने, ‘यहाँहरुको योगदानको उच्च मूल्यांकन गर्दै गाउँपालिकाले एकमुष्ट १५÷१५ हजार नगदले सम्मान गरेको हो ।’
बिदाई कार्यक्रममा निमीत प्रमुख प्रसासकीय अधिकृत टक्कदत्त प्याकुरेलले उमेर र योग्यताको हदबन्दीका कारण बिदाई भएर जाने महिला स्वास्थ्य स्वयम् सेविकले हरेक वस्ती र वडाको अविभावकका रुपमा भूमिका खेल्न आग्रह गरे ।
यसैगरी गाउँपालिकाका उपाध्यक्ष सौमती रावल ऐडिले विगतमा छोरीलाई पढाउन हुदंैन भनेकै कारण गाउँपालिका भर ठूलो योगदान दिएका स्वयम्सेविकाले इच्छाशक्ति भएरपनि आज बिदई हुनु परेको बताइन् । यसले गाउँपालिकाका सबै वडामा छोरीलाई पनि पढाउनु पर्छ भन्ने सन्देश जाने उल्लेख गरेकी रावलले हाम्रै सामाजिक मान्यताका कारण योगदान गरेको दिदिीबहिनीहरुले बिदा लिनु पर्दा आफूलाई दुःख लागेको प्रतिक्रिया दिइन् ।
बिहीबार बसेको अदानचुली गाउ कार्यपालीकाको बैठकले साविकको श्रीनगर र कालिका गाविसका १८ जना महिला स्वास्थ्य स्वथ्यस्वयम सेविकालाई सम्मानसहित बिदाई गर्ने निर्णय गरेपछि शुक्रबार एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।
वडाको सिफारिसमा नयाँ नियुक्ति
पुराना स्वयम्सेविकालाई बिदाई गरेपछि रिक्त महिला स्वास्थ्य स्वयम् सेविकाको पदमा नयाँ नियुक्तीका लागि वडाबाट छलफल शुरु गरिने अदनाुचली गाउँपालिकाले जनाएको छ ।
सरकारले तोकेको मापदण्ड अनुसार पालिका भित्रका ६ वटै वडाले आ–आप्mनो वडाका गाउँटोल समेट्ने गरेर भएको छलफलमार्फत सर्वसम्मत भएर आएमा बढिमा ३ जना एक वडाबाट पर्नेगरी वडाकोे सीफारीसको आधारमा २ दीनमै नीयुतmीको प्रmिया अघि बढाइने तयारी गाउँपालिकाले गरेको छ । तर एकै वडामा ३ जना भन्दा बढीको दरखास्त परेको खण्डमा ७ दीन भीत्र लीखीत परीक्षा लीईने र सोही अनुसार नयाँ नियुक्तीको प्रक्रिया अघि बढाइने छ । पालिका भित्रका सबै वडामा नयाँ स्वयम् सेविकाका लागि शुक्रबार देअि नैं दरखास्त आब्हान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हंश महताराले जानकारी दिए ।
नयाँ आवेदकले कम्तीमा एसईई उत्रिर्ण वा सोसरहको योग्यता हाीसल गरेको र आफूले कम्तीमा १० वर्षसम्म काम गर्ने छु भन्ने प्रतीबद्धता गर्नु पर्नेछ । यस्तै उमेरको हकमा २५ वर्ष देखी ४५ वर्षसम्मको हुनु पर्ने छ भने निवेदकले नेपाली नागरिता भएको, विवाहीत भैं १ बच्चा भएकोलाई मान्यता दिईने बताइएको छ ।