प्रहरीद्धारा चिनियाँ मदिरा नष्ट

दाने बोहरा आइतबार, साउन ३१, २०७८

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा प्रहरीले चिनीया मदिरा (झिनीगिन्टी रक्सी) बरामद गरेर नष्ट गरेको छ ।
अवैध रुपमा विक्रि वितरण गर्न लागेको झण्डै रु एक लाख ६० हजार मूल्य बराबरको चिनियाँ मदिरा (झिनीगिन्टी रक्सी) बरामत गरि नष्ट गरेको हो ।

जिल्लाको खार्पुनाथ गाउँपालिका याङ्चुका केहि होटेल ÷पसलहरुमा अवैध रुपमा विक्रिवितरण गर्दै गरेको उक्त मदिरा जिल्ला प्रहरी कार्यालयबाट खटिएको र खार्पुनाथ प्रहरी चौकीबाट खटिएको सुरक्षा टोलीले शनिबार बिहान बरामत गरेर नष्ट पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले जानकारी दिनुभयो ।

बिहान ६ः३० बजेको समयमा याङ्चु कुनाका होटेल तथा पसलहरुमा चेकजाँचका क्रममा २१० बोत्तल चीनियाँ मदिरा (झिनीगिन्टी) बरामत गरिएको प्रहरी प्रमुख शर्माले बताउनुभयो । बरामत भएको सबै मदिरा गाउँपालिकाका जनप्रतिनिधि, सञ्चारकर्मी, नागरिक अगुवा र स्थानीयको रोहबरमा नष्ट गरिएको छ ।

पछिल्लो समय जुवातास र मदिरामा आक्रमक रुपमा प्रस्तुत भएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम लगायतका प्रमुख केन्द्रहरुमा भित्रि रुपमा गस्ती तथा अनुसन्धानको कामलाई बढावा दिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]