६ वर्षपछि इलाका प्रशासनबाट नागरीकता दिन शुरु, पहिलो दिन सात जनाले सेवा लिए

नेपालचेक समाचारदाता आइतबार, साउन ३१, २०७८

सिमकोट । हुम्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरीकलाई सेवा दिने हेतुले स्थानपना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले ६ वर्षपछि आजबाट सेवा दिन शुरु गरेको छ ।

सर्केगाड,चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरीकलाई नागरीकता लगायत अन्य सिफारीका लागी तीन देखि चारदिनको पैदल हिडेर सिमकोट पुग्नु पर्ने बाध्यतालाई सहज होसभन्नका लागी इलाका प्रशासन कार्यालय स्थापना भएपनि आजबाट यहाँका नागरीकले नागरीकता पाएका छन् ।

सर्केगाड गाउँपालिकामा २०७३ साल असार ३० गते स्थापना भएको ईलाका प्रशासन कार्यालय ६ बर्षपछि आधिकारी रुपमा कार्य सन्चालन गर्न सुरु गरेको हो ।

चार वटा गाउँपालिकाका नागरीकहरुलाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदानहोस भन्ने उद्देश्यले गृह मन्त्रालयको निर्णय अनुसार निजामती सेवा ऐन २०४९ को दफा १३ बमोजिम कार्यालय प्रमुख उपस्थित नभए सम्मको लागि ६ महिनाको का.मु. शाखा अधिकृतको जिम्मा नायब सुुब्बा भीम बहादुर रोकाया दिएकोे छ । नागरिकता र अन्य शिफारीस लिनको लागि ३ देखि ४ दिनको पैदल हिडेर सदुरमुकाम सिमकोटमा जानुपर्ने बाध्यता भएको भएपनि आज सर्केगाढमै नागरिकता पाउँदा खुसि भएको चंखेली गाउँपालिका वडा नम्बर ४ निवासी मनिषा रावलले बताउनुभयो ।

का मु शाखा अधिकृत रोकायाले आजै पदम समालेपछि पहिलो दिन ५ जनालाई नयाँ र दुई जनालाई प्रतिलिपि गरी ७ जना सेवाग्राहीलाई सेवा दिएको बताउनुभयो । स्थानीय जनतालाई घर दैलोमै छिटो छरितो र पारदर्शी ढंगमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाको मध्यवर्ती क्षेत्रमा इलाका प्रशासन स्थापना भएको का मु शाखा अधिकृत रोकायाले बताउनुभयो ।

नागरिकताका पनि सवै श्रेस्ता उपलब्ध नगराईदिदा प्रतिलिपि लिन नयाँ बनाउनको लागि सदरमुकाम धाउनु पर्ने बाध्यता यहाँका नागरीकका लागी आजबाट हटेको रोकायाले बताउनुभयो ।

अब देखि नागरिकता, सिफारिस, राहदानीका साथै अन्य शिफारीसको लागि ईलाका प्रशासन कार्यालयमा सेवा लिन पाउने भएको रोकायाले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]