सिमकोट । लेखा पढी व्यवसायी सम्बन्धीको तालिम हुम्ला जिल्ला अदालतमा आजबाट सुरु भएको छ । हुम्ला जिल्ला अदालतको आयोजनामा तालिम सुरु भएको हो । २ दिन सम्म सञ्चालन हुने तालिममा स्थानिय सरकार संचालन ऐन, देवानी, फौजदारी मुद्दाको बारेमा जानकारी गराइएको छ ।
देवानी, फौजदारी मुद्भदा न्नाले के वुझीन्छ । फिराद, जाहेरी लेख्दा अपनाउनु पर्ने प्रक्रिया, कपाली तमसुक, वारेस, हक दैया, हदम्याद, कस्तो मुद्दामा वारिस राख्न मिल्छ, कस्तो मुद्दामा वारेस राख्न मिल्दैन भन्ने बारेमा हुम्ला जिल्ला अदालतका तामेलदार डिठ्ठा राज शाहीले प्रशिक्षण गराएका थिए ।
करिव ५० जनाको सहभागिता रहेको उक्त तालिममा स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ का बारेमा हुम्ला जिल्ला अदालतका वैतनिक कानून व्यवसायी राजन चन्दले प्रस्तुती गरेकी थिइन ।
मुद्दा दर्ता प्रक्रिया र फिराद प्रतिउत्तर दस्तुरका बारेमा हुम्ला जिल्ला अदालतका नासु विसन रोकायाले प्रशिक्षण गरेका थिए ।
देवानी फौजदारी लिखत सम्बन्धी लगाएत अन्य कानून सम्बन्धीत विषयका बारेमा हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्यले प्रस्तुतीकरण गरेका थिए ।
आइतबार दिनको १ वजेबाट संचालन भइ अहिले बेलुका ६ बजे सम्पन्न भएको थियो । दिउस गर्दा अदालतको काम कार्यमा प्रभावित हुने भएकाले सोमबार विहन ७ वजेबाट उक्त कक्षा संचालन हुने भएको छ ।