सिमकोट । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाफयामा मङ्गलबार स्वास्थ्य सरसफाईका सामाग्री सहयोग गरीएको छ ।
आधार विकास नेपाल हुम्लाद्धारा वडा ७ कोे डाडाफयामा रहेका ७० दलित घरधुरीलाई सरसफाईका लागी मुख धुने सावुन र सर्जिकल मास्क वितरण गरीएको हो ।
प्रतिघरधुरी लाई पाँचवटाका दरले मुख धुने सावुन, साथै दशवटाका दरले सर्जिकल मास्क सहयोग गरीएको हो । मङ्गलबार सरसफाई सामग्री वितरण कार्यक्रममा आधार विकासका प्राविधिक सहायक रमेश भण्डारी र फिल्ड सहायक धन बहादुर शाहीको संयुक्त उपस्थितमा वितरण गरीएको हो ।
गाउँघरका नागरीक यो समय खेतबारीमा बढी व्यस्त हुने र सरसफाईमा त्यति ध्यान नदिने भएका कारण उनिहरुलाई मास्क र सरसफाई गर्ने बानी पार्नको लागी वितरण गरीएको हो ।
योगदान राष्ट्रका लागि’द्धारा सिमकोटमा मास्क वितरण
यस्तै सदरमुकाम सिमकोट बजारमा ‘योगदान राष्ट्रका लागि’ले सिमकोट बजारमा मास्क वितरण गरेको छ । सिमकोट बजारमा आवत जावत गर्ने मास्क नलगाएका सर्वसाधरणलाई मास्क लगाउन अनुरोधका साथै प्रतिव्यक्ति एकवटाका दरले मास्क वितरण गरीएको ‘योगदान राष्ट्रका लागि’ अभियानका जिल्ला संयोजक उजिर बोहराले बताए ।
अधिकांस नागरीकहरुले मास्क नलगाउने भएका कारण सचेतना फैलाउँदै नियमीत रुपमा मास्क लगाउन भन्नका लागी मास्क वितरण थालीएको संयोजक बोहराले बताए ।
कोरोना संक्रमणको दर कायमै रहेको छ । तर निषेधाज्ञा हटेको भएपनि सर्वसाधरणहरुले मास्क नलगाएर घरबाहिर निस्किन थालेपछि वितरण कार्यलाई तिब्रता दिएको बताइएको छ ।
सिमकोटको कालिन्चोक देखि एर्पोट चोकसम्म माथिल्लो गाउँमा समेत मास्क नगलाएर आवतजावत गरीरहेका सर्वसाधरणलाई मास्क वितरण गरीएको जानकारी प्राप्त भएको छ । सिमकोट बजारमा पाँच सय थान मास्क टोल टोलमा पुगेर आयोजकले वितरण गरेको थियो ।
अवस्था हेरेर आयोजकले मास्क वितरण गरेको अभियानमा सहभागी पदम राज हमालले जानकारी दिए । यस्तै सिमकोट विमानस्थलमा भरियाको काम गर्ने कामदारलाई पनि आयोजकले तीन देखि चारवटा सम्म माक्स वितरण गरेको हमालले बताए ।