नेकपा एमाले विभाजित

नेपालचेक समाचारदाता बुधबार, भाद्र ०२, २०७८

प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो । नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भने अनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उहाँले बताउनुभयो । आज अध्यादेश जारी भएसँगै काठमाडौंको एउटा होटलमा बसेको बैठकले सो सम्बन्धी निर्णय गरेको हो । प्रस्ताव गरिएको पार्टीका अध्यक्षमा माधवकुमार नेपाल सहित ९५ जनाको केन्द्रीय कमिटी हुने छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]