काठमाडाैं । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलको नेतामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य चयन भएकी छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजै संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्य दलको नेता चयन भएकी हुन् । शाक्य सर्वसम्मतिबाट दलको नेता चयन भएको एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी सांसद रचना खड्काले जानकारी दिइन् ।
माधव नेपाल पक्षकी शाक्यलाई अध्यक्ष ओली पक्षले संसदीय दलको नेता बनाएको हो । ११० सदस्यीय बागमती प्रदेश सभामा एमालेको बहुमत छ। संविधानको धारा १६८ (१) मा बहुमत प्राप्त पार्टीको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने प्रावधान छ।