काठमाडौं । माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पठाएको छ ।
आयोगले भने कानुनी प्रावधान हेरेर बिहीबार मात्रै दल दर्ता गर्ने जनाएको नेपाल निकट एक नेताले बताए ।
“उहाँहरुको निवेदन आएको छ । कानुनी प्रावधान हेरेर आयोगले दर्ता गर्ने वा नगर्ने निर्णय गर्नेछ,” आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ भने ।
नेपाल निकट नेता मेटमणि चौधरीका अनुसार विभाजित पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । साथै चुनाव चिन्ह किताब राखिएको छ ।
तर, आयोगका अनुसार माधव पक्षको पार्टीको चुनाव चिन्ह खुला किताब नेपाल उन्नत लोकतान्त्रिक पार्टीको चुनाव चिन्हसँग मिलेको छ । चुनाव चिन्ह जुधेकौ कारण प्राविधिक समस्या आएको आयोगका एक कर्मचारीले जानकारी दिए ।