भारी वर्षाको सम्भावना

नेपालचेक समाचारदाता शुक्रबार, भाद्र ०४, २०७८

काठमाडौं । शुक्रबार देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । राति प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहि प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]