सिमकोट । हुम्ला जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको वडा १ जैरमा कर्णाली प्रदेश सरकारको माताहतमा रहेको सामुदायिक स्वास्थ्य इकाई बन्द एक महिना दुई दिन देखि बन्द रहेको छ ।
वडा १ छिडी नात्तामा रहेको उक्त सामुदायिक स्वास्थ्य इकाई एक महिना बढी देखि बन्द हुँदा यहाँका नागरीकले स्वास्थ्य सेवा पाउनबाट बन्चित रहेका छन् ।
स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवा ग्राहीले घण्टौको पैदल हिडेर स्वास्थ्य उपचारका लागी अन्यत्र उपचार गर्न जानु परेको स्थानीयको गुनासो रहेको छ ।
२०७६ साल देखि छिडि नात्ता गाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन आएको थियो । यस अघि इकाईमा एक–एक जना अहेव, अनमी र कार्यालय सहयोगी गरी तीनको दरबन्दी रहेको छ । गाउँमा रुघाखोकीका बिरामीको सङ्ख्या बढिरहेको छ ।
स्वास्थ्यकर्मी नहुँदा थप समस्यामा परेका छन् ।
इकाईमा दैनिक १०–१२ सम्म बिरामी उपचारमा जाने गर्दछन् । स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्कनुपरेको गुनासो आउन थालेको छ । घाँटी, टाउको दुख्ने र ज्वरो आएका विरामीहरु गाउँमा बढेको बताइएको छ । इकाईमा जाँदा ताला लगाएको देख्दा रित्तो हात लिएर घर फर्कनुपरेको बिरामी भएका यहाँका नागरीकले गुनासो सुनाउने गरेको वडाध्यक्ष गोकुल बुढाले बताए ।