गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन उनी ! बिच बाटामा उनलाइ उल्टि हुन्छ !,वरपरका सबै सिटका मान्छेहरु मस्त निद्रामा हुन्छन् ! उनी आत्तिन्छिन र काखको बच्चालाई ओल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन !,उनलाई उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा.. ???
फेरि बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्याप्दै जान्छ र अन्तिम तागतले बच्चालाई दूध चुसाउदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छटपटाउदा छटपटाउदै आफू सधैको लागि निदाउछिन ! बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन !”