सिमकोट । दुई वर्षदेखि होटेल व्यवसाय सुनसान रहँदा पछिल्लो पटक नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक गुरु सदगुरुको टोली हुम्ला आउने भएपछि होटेल व्यवसायीमा आशा पलाएको छ । करोड भन्दा बढी लगानी गरेर सञ्चालनमा आएको होटेल व्यवसाय ओरालो लागेको बेला मानसरोवर कैलाशको दर्शन गर्न पर्यटकहरु आउन थालेपछि व्यवसायले पूर्नजीवन पाउने आशामा व्यवसायी खुसी भएका छन् ।
पर्यटन व्यवसायी याङ्की लामाका अनुसार, कोरोना कहरले हिल्सा नाका बन्द हुँदा पहिलो पटक सदगुरु सहित पचास जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला आउन लागेपछि होटेल व्यवसायीमा आशा पलाएको बताउनुभयो । दुई सिजनसम्म बन्द भएका होटेलहरु अब सञ्चालनमा आउने बाटो खोलेको बताउदै, अब व्यवसायीमा उत्पादन छाउन थालेको बताउनुभयो ।
दुई वर्ष अगाडीसम्म सिमकोटमा पर्यटक लक्षित गरेर स्थापना भएका १३ वटा होटेललाई मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरुलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको सम्झदै होटेल संघका अध्यक्ष मिम लामाले, कोरोनाको अबधिमा सुकेका यी होटेल अब पुनः पर्यटकको आगमन सुरु भएसँगै उत्साहित भएको बताउनुभयो । त्यसमाथि हिन्दुहरुको चर्चित सदगुरु आउने र पैदल मार्गबाट नेपाली भुभाग लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शनका साथै पुजापाठ पनि गर्ने भएको कारण यसको सकरात्मक सन्देश जाने विस्वास पर्यटन तथा होटेल व्यवसायीले गरेका छन् । आगामी असोज महिनासम्म लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएको कारण भारतबाट धेरै धार्मिक पर्यटकहरुले सम्पर्क गरि रहेको पर्यटन व्यवसायी बिजय लामाले बताउनुभयो । अब कोरोना कहरले साथ दिए पर्यटकहरु भित्रिने संख्या ह्वात्तै बढ्ने र यसबाट सिथिल भएको होटेल व्यवसाय पुरानै लयको आउने बिस्वास उहाँले व्यक्त गर्नुभयो ।
हुम्ला पुगे ५५ जना पर्यटन व्यवसायी
सदगुरु सहितको टोली हुम्लाबाट नेपाली भुमि लाप्चा क्षेत्रबाट पैदल मार्गमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न आउने भएपछि ५५ जना काठामाडौंबाट आई पुग्नु भएको छ । ट्रेकर सोसाईटीका राजन अधिकारीका अनुसार यसमा कुक, गाईड र आवश्यक सामाग्री सबै हुम्ला आई पुगेको छ । टोली हुम्ला पुगेपछि तरकारी र दैनिक उपभोग्य वस्तुको बजारमा बिक्री बढेको छ । हुम्ला पुगेको टोलीले कोरोनाको कारण होटेलमा बस्ने व्यवस्था नगरेर सिमकोटस्थित खेल मैदान र सिमसार क्षेत्रमा पालको व्यवस्था गरिएको बताउनुभयो । पालमा सदगुरु सहितको सबै टोली एक रात बस्नेछ । यता पच्चीस जना भरिया पनि तयारी गरिएको छ । कोरोना परिक्षण गरेर रिपोर्ट नेगेटिभ आएका भरिया खोजिएको र उहाँहरुले टोलीसँगै भारी बोकेर लाप्चासम्म पुग्नु पर्नेछ ।
मङ्लवार हुम्ला आउदै सदगुरु
पाँच हजार मिटर अग्लो स्थान लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्नका लागि सदगुरु मङ्लवार हुम्ला आउदै हुनुहुन्छ । उहाँ काठमाडौंबाट सिधै हेलिकोप्टरबाट हुम्ला आउनु लाग्नु भएको हो । पर्यटन व्यवसायी विजय लामाका अनुसार, “गुरु एक रात सिमकोटमा बस्ने र बुधवार बिहान मात्र पैदल मार्गबाट लाप्चातर्फ लाग्नु हुनेछ” । सदगुरुसँग १२ जना भारतीय लगाएयत दश देशका तीर्थलु सहभागिता रहनेछन् ।” टोलीको यात्राका लागि मोटर साईकल देखि घोडाको समेत व्यवस्था गरिएको छ ।