सिमकोट । हुम्ला जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्ता देखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ति खेप्नुपरेको छ ।
छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिंकको टावरमा खराबी आउँदा अदानचुलीमा हप्ता दिन देखि इन्टरनेट अवरुद्ध भएको हो । टावरमा खराबी आएर हप्ता दिन देखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ ।
वडा १ एकले लाभ ग्राहीले पाउने सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत कारोबार थालेपनि इन्टरनेट बैंकमा नहुँदा दिनहुँ भत्ता बुझ्न आउने लाभाम्वीत व्यक्तिलाई भुक्तानी दिन नसकेको ग्लोबल आइएमई बैंकका प्रवन्धक रमेश बहादुर रावलले जानकारी दिए । बैंकमा रहेको भिस्याड सेवाले समेत काम नगर्दा काम गर्न थप समस्या बनाएको उनले गुनासो गरे । भत्ता पाउने लाभग्राहीको रकम उनिहरुको बैंक खातामा जम्मा भएकोछ, लाभग्राहीहरु रकम निकासाका लागी दैनिक दिन आउने गरेको भएपनि इन्टरनेट नहुँदा रित्तो हात लिएर फिर्ता हुने गरेको र दैनिक दिन नागरीकले सास्ति खेप्नुपरेको प्रवन्धक रावलले बताए ।
गाउँपालिकामा सञ्चारको माध्यामका रुपमा रहेको ग्रामिण रेडियो श्रीनगरलाई समेत इन्टरनेट नहुँदा समचार सम्प्रेषणमा थप समस्या बनाएको सोही रेडियोका स्टेशन म्यानेजर काली बहादुर थापाले बताए । आफुले अन्य नेश्नल मिडिमा काम गर्ने गरेको भएपनि हप्ता दिन देखि इन्टरनेट सेवा नहुँदा जिल्लामा भएका समचार सम्प्रेषण गर्न नसकेको बताए ।
इन्टरनेटबाट हुने वडाको सम्पूर्ण कार्य समेत प्रभावित भएको वडा ३ का कम्प्युटर अप्रेटर राजु पार्कीले गुनासो गर्नुभयो । इन्टरनेट नहुँदा इमेल, फ्याक्स लगायतबाट हुने सम्पुर्ण काम रोकिएको उनको भनाई छ ।
यस्तै यस क्षेत्रमा रहेका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा समेत काम गर्न समस्या बनाएको जानकारी प्राप्त भएको छ ।
हप्ता दिन देखि काम गर्न छोडेको वल्र्डलिंक मर्मतका लागी वल्र्डलिंक कम्युनिकेसनलाई मर्मतका कर्मचारी पठाउन लागी आग्रह गर्दा प्राविधिकको अभाव भएको भन्दै केही दिन पछि मात्रै मर्मतका लागी सोरु पठाउने जानकारी वल्र्डलिंकले दिएको छ ।
यस्तै जिल्लाको सिमकोट गाउँपालिकाको वडा ७ रहेको चौगनफयामा नमस्ते टेलिफोन सेवाले राम्रोसँग काम नगरेको नागरीकले गुनासो गरेका छन् । जिल्ला बाहिर रहेका आफन्त तथा जिल्लामै एक अर्कासँग टेलिफोनमा कुरा गर्न खोज्दा राम्रोसँग काम नगरेको बताइएको छ ।