मूल्य सुची विनै व्यवसाय सञ्चालन

दाने बोहरा शुक्रबार, भाद्र ११, २०७८

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सन्चालीत पसल व्यवसायीहरुले मूल्य सूचि विना नै व्यवसाय सञ्चालन हुँदै आएका छन् । शुक्रबार सिमकोट बजारको अनुगमन गर्ने क्रममा हुम्ला उद्योग बाणिज्य सघले दुई वर्ष अगाडी दिएको पुरानै मूल्य रहेको र बाणिज्य संघले नयाँ मुल्य सूचि नदिँदा व्यवसायीले आफ्नो अनुकलताको आधारमा विभिन्न दरमा सामन विक्री गर्ने गरेको पाइएको छ । आज विहानै सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईको नेतृत्वमा सिमकोट बजारको छड्के अनुगमन गरीएको थियो ।

शुक्रबार सिमकोट बजारमा सञ्चालन गरिएको पसल र फ्रेश हाउसको अनुगमन गर्दा अधिकांश पसल व्यवसायीमा विगतको भन्दा सुधार देखिएको उद्योग तथा घरेलु उपभोक्ता संरक्षण कार्यालयका प्रमुख धुर्ब कुमार बाठा मगरले जानकारी दिनुभयो ।

घरेलु, उद्योग वाणिज्य सङ्घमा दर्ता नगरेका, मूल्य सुचि टाँस नगरेका व्यवसायीलाई पहिलो पटक चेतावनी दिइएको र आगामी दिन दर्ता प्रक्रिया पूरा नगरे त्यस्ता व्यवसायलाई सिल गर्ने उहाँले बताउनुभयो । सिमकोट बजार अनुमगनका क्रममा पाँच केजी बासमति चामल, १५ पिस जिरा मसला र एक पिस कुकिज मात्रै फेला हो ।

सिमकोट बजार अनुगमन गर्ने क्रममा अधिकांस पसलहरुमा साइबोर्ड नभएको पाइएको छ । आजै अनुमगनका क्रममा नाप तौलको तराजु देखि म्याद गुज्रिएका वस्तु, घरेलु, उद्योग वाणिज्य सङ्घमा दर्ता नविकरण भएनभएको, मूल्य सूचि टाँस, पान नम्बर भएनभएको लगायतको अनुगमन गरीएको थापा मागरले जानकारी दिनुभयो । सिमकोट बजारमा सन्चालीत सबै पसलहरुको अनुमगन नरीएका भएपनि नमुनाका आधारमा सिमकोट तल्लो बजार र माथिल्लो बजारमा रहेका ३३ वटा पसलहरुको अनुगमन गरीएको हो ।

दर्ता नगरिएको भेटिएको र बजार क्षेत्रका होटेल तथा पसल सम्पूर्णको अनुगमन गर्ने हो भने सिमकोटमा यसको संख्या उल्लेखनी रहने देखिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । पसलमा खाद्य र अखाद्य तथा मासु र पेय पदार्थसमेत सँगै राखेर बिक्री वितरण गरिएको भेटिएको छ । म्याद गुज्रिएका वस्तुप्रति उपभोक्ताले कुनै मतलब नगर्ने भएको कारण जनचेतना जोगाउनु आवश्यक रहेको छ ।

प्राय जसो सबै पसलमा मुल्य सूचि नभएको पाइएको छ । विगतको अनुगमन भन्दा यो यसपटकको अनुगमनमा म्याद गुज्रिएको वस्तुहरुको कमी भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो । सिमकोटमा सञ्चालीत पसलहरुमा पहिलाको भन्दा सुधारोन्मुख देखिएको उहाँले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]