सरकारमा जाने एकीकृत समाजवादीको निर्णय

नेपालचेक समाचारदाता शुक्रबार, भाद्र ११, २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले आइतबार सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

मन्त्री चयन भने मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने निर्णय भएको एक नेताले बताए । ‘सत्ता साझेदार दलहरुबीच मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने निर्णय भएको छ,’ ती नेताले भने ।

सत्ता साझेदार दलका नेताहरुबीच एकीकृत समाजवादीले पाँच मन्त्रालय लिने भद्र सहमति भएको छ । मन्त्री संख्या भने टुंगिन बाँकी छ ।

‘हामीले सरकारमा सहभागी हुने निर्णय गरेका छौं । मन्त्रालय संख्या पनि लगभग टुंगिएको छ,’ एक नेताले भने ।

माधवकुमार नेपालले २ भदौमा नेकपा एमालेबाट अलग भएर गठन गरेको एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]