अधिकांश क्षेत्रमा वर्षा, बाढी, पहिरो र डुबानको जोखिम उच्च

नेपालचेक समाचारदाता आइतबार, भाद्र १३, २०७८

काठमाण्डौ । हाल देशभरको मौसाममा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। मनसुनी बायुको प्रभावका कारण आज र भोलि देशका धेरैजसो ठाउँमा बर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोकाले त्यस क्षेत्रमा अधिक बर्षा भैरहेको छ । विगत दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन भएको छ ।

मौसमविद्का अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रहरुमा ठूलो वर्षा मापन गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरले अझै केही दिन पानी पर्ने सम्भावना रहेको बताएकी छन ।

तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मौसमविद्ले बताएका छन् । देशको अधिकांस भू(भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी बर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षा जारी रहेकाले तराईका जिल्लामा डुबानको जोखिम उच्च छ । त्यस्तै, बाढी पहिरोको खतरा पनि रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]