सिमकोट विमानस्थल विहिबार दिनभर व्यस्त
सिमकोट । हुम्लाको एक मात्रै सिमकोट विमानस्थलमा आज आन्तरीक तथा बाहिय पर्यटकले चहलपहल निकै बढेको थियो । चर्चित सद्गुरुको टोली मानसरोवर कैलाश दर्शन गरेर फिर्ता भएसँगै सिमकोट विमानस्थलमा यात्रुको चापले सिमकोट विमानस्थल आज व्यस्त देखिएको थियो ।
आज तारा र समिट एयरलाइन्सले हुम्लाबाट सिधै पोखरा उडान गरेको जानकारी प्राप्त भएको छ । तारा एयरलाइन्सले तीन फलाईट र समिट एयरलाइन्सले एक फलाईटमा हुम्लाबाट विदेशी पर्यटक लिएर पोखरा उडान भरेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिनुभयो । हुम्लाबाट ४७ जना विदेशी पर्यटक आज जिल्ला बाहिरीएको विमानस्थलका प्रमुख गिरीले जानकारी दिनुभयो । तारा एयरलाइन्सले तीन फलाईटमा ३१ जना र समिट एयरलाइन्सले १६ जना विदेशी पर्यटक यात्रुलाई हुम्लाबाट पोखरा गएको बताइएको छ ।
पैदल मार्गबाट गएर नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरी आज सद्गुरु फिर्ता सिमकोट पुगेर आजै पोखरा फिर्ता भएका हुन् । दर्शन गर्न गएका सतगुरु आज हेलिकप्टरबाट सिमकोट फिर्ता भएर पोखरा लाग्नु भएको हो ।
हेलिकोप्टरबाट सिमकोट फर्किएका सद्गुरुले सुन्दर र पर्यटकीय क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन ऐतिहासिक भएको बताउनु भयो । दर्शनको यात्रामा भने केही कठिनाई हुँदा पैदल मार्गको सडकलाई विकसित गर्ने आवश्यक रहेको बताउनु भयो । सद्गुरु सहितको टोली हुम्लाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरेको हो ।
पैदल मार्गबाट लाप्चा पुगेका टोलीलाई आज हेलिकोप्टरले विहान सिमकोट पुर्याएको थियो । आज सिमकोट विमानस्थलमा हवाई जहाज र हेलिकोप्टको उडानले दिनभर विमानस्थल व्यस्त रहेको थियो ।
हेर्नुहोस् पर्यटकले विहिबार दिनभर व्यस्त रहेको सिमकोट विमानस्थल (तस्विर दाने बोहरा)