हुम्लामा चारदिन देखि कोरोना संक्रमण पुष्टि हुनेको संख्या शून्य

नेपालचेक समाचारदाता बिहिबार, भाद्र १७, २०७८

सिमकोट ।  दैनिक दिन कोरोना संक्रमित भेटिने हुम्लामा पछिल्लो चारदिन यता देखि सङ्क्रमित हुनेको सङ्ख्या शुन्य जस्तै देखिएको छ । जिल्लाका सातवटा गाउँपालिकामा यस अघि नै परीक्षणको दायरालाई साँघुरो बनाउनुका साथै संक्रमितको संख्या शुन्य रहेको रहेको थियो ।

जिल्ला अस्पताल हुम्लामा भने नियमीत कोरोना परिक्षण हुनुका साथै दैनिक एक जना सम्ममा संक्रमण पुष्टि हुने गरेको थियो । तर जिल्ला अस्पताल हुम्लामा चार दिन यता देखि परिक्षणको दायरालाई बढाएको भएपनि संक्रमित हुनेको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

एकै दिन झण्डै ३ सय जनामा कोरोना परीक्षण गर्दा समेत संक्रमित नभेटिएको सूचना अधिकारी फडेराले बताए । चारदिनको अवधिमा पाँच सय ६१ जनालाई जिल्ला अस्पताल हुम्लाम एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको संख्या शून्य रहेको परीक्षण गरीएका कसैमा संक्रमण नदेखिएको उनले बताए ।

हाल जिल्ला अस्पताल हुम्लाको रानीवनमा रहेको क्वारेन्टाइनमा चार जना मात्रै संक्रिय संक्रमित रहेको र उनिहरुको अवस्था समेत सामान्य रहेको बताइएको छ । हालसम्म कोरोना सङ्क्रमित भएका कूल ३ सय ९८ जनामध्ये ३ सय ८७ जना निको भएर घर फर्किसकेका छन् । अब जिल्लामा ४ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्ला अस्पताल र यहाँका सातवटै स्थानीय तहका महिला पुरुष गरेर ३ हजार १ सय २२ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

दश दिन आइसोलेसनमा राखेर उपचार गरी पुनःपरीक्षण गर्दा कोरोना सङ्क्रमण नेगेटिभ देखिएका सङ्क्रमितलाई घर पठाउने गरिएको छ । संक्रमण भएको दश दिनपछि कोरोना संक्रमित भएका व्यक्तिले अरु व्यक्तिमा नसार्ने भएकाले यहाँका सङ्क्रमित व्यक्तिले समुदायमा कोरोना सार्न नसकेको जिल्ला अस्पताल हुम्ला श्रोतले बताएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]