सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर चार तीनको विचमा रहेको काठे पुल बाढीले बगाएको छ ।
विहिबार राती आएको बाढीले काठे पुल बगाउँदा वडा १,२,३ र खापुनाथ गाउँपालिका वडा ५ का नागरीक स्थानीय लगायत बटुवालाई आवतजावतमा कठिनाई बनाएको छ ।
अविरल वर्षासँगै हेल्दुम खोलामा आएको बाढीले उक्त क्षेत्रको पुल बगाएको स्याम्ने गाउँका स्थानीय भ्यायल महतले जानकारी दिनुभयो । बाढीले काठे पुल बगाएपछि ठेहे, दोजाम,ताक्ला,बाम्टा र बरगाउँ गाउँ लगायत अन्य बटुवालाई ओहोरदोहोर गर्न समस्या बनाएको स्थानीय महतले बताउनुभयो ।
माथिबाट आएको बाढीले आज विहान ठेहेबाट सामान बोकेर सिमकोट आउँदै गरेको गधा सहित सामान दुवैलाई बगाएको भएपनि गधालाई उद्धार गर्न सफल भएको र सामान बगाएको उहाँले बताउनुभयो ।
यस्तै विहिबार राती आएको बाढीले स्याम्ने गाउँका स्थानीयलाई जोखिम बनाउनुका साथै यस क्षेत्रमा क्षेति गरेको बताइएको छ । माथिबाट आएको बाढी स्याम्न गाउँका स्थानीय त्रसीत भएका छन् ।
काठे पुल भत्किदा सोही गाउँपालिका वडा १, २ र ३ का स्थानीवासी सहित पशुवस्तु आवतजावतमा समस्या भएको छ ।
केही वर्ष अगाडी आएको बाढी सोही स्याम्ने गाउँमा ठूलो क्षेति समेत गरेको थियो ।