सिमकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादीका केन्द्रिय अध्यक्ष कर्णजीत बुढाथोकी (शुसिल) ले हुम्लाका कम्युष्टि एक हुनु पर्ने बताउनुभयो । केन्द्रमा माओवादी र एमाले फुटेर पार्टी विभाजन भएपनि हुम्लाका जो जति छन् कम्युनिष्ट पार्टीहरु एक जुट भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । आजै नेकपा माओवादी केन्द्र समाजवादी जिल्ला पार्टीले गरेको चियापन कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले यस्तो बताउनुभएको हो ।
उहाँले दुई तिहाई प्राप्त कम्युनिष्ट सरकार प्रचण्ड, केपी ओली र माधव नेपालको अदूरदर्शिता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीहरुको हातमा पुगेको टिप्पणी गर्नुयभो । बुढाथोकीले ‘वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौँ’ भन्ने नाराका ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान सन्चालन समेत गरीरहेको बताउनुभयो । तीनवर्ष पुगेर कम्युष्टि गठबन्धन फुटेर आ आफ्नै पार्टीमा पुनस्थापित भएपनि दोस्रो तहका नेताहरुलाई जिम्मेवारी दिएर नेपालमा कम्युष्टि पार्टीहरु एक हुनुपर्ने उहाँको जोड थियो । उहाँले जिल्लाका कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर आफु अगाडी बढ्ने समेत बताउनुभयो ।
नेपालको संसदीय व्यवस्थाले प्रतिगमनको दिशातिर यात्रा गरेको उहाँको भनाई थियो । सीमा अतिक्रमण, शिक्षा र स्वास्थ्य रोजगारको आधारभूत समस्या विकराल बन्दै गएको बुढाथोकीले बताउनुभयो । हुम्लाको सन्दर्भमा २०७० सालमा स्वइस्फुर्त मिलेका कम्युनिष्ट पार्टीहरुले राम्रो सन्देश दिएको थियो । तर २०७४ सालको निर्वाचनमा बाध्यताले मिलेको थियो । अब फेरी हुम्लमा रहेका कम्युनिष्ट पार्टीहरु एकजुट हुन आवश्यक रहेको बुढाथोकीले बताउनुभयो ।
केपी ओलीले अध्यादेशमार्फत पार्टी मार्फत निती ल्याएको भएपनि देशमा चर्को विरोधले कार्यान्वय हुन नसकेपनि फेरी पनि कांग्रेसका सभापति शेर बहादुर देउवाले उहि बाटो रोजेर ल्याएको अध्यादेशले देशमा राम्रो सन्देश नदिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र समाजवादीका जिल्ला अध्यक्ष रंगमल रोकाया क्षितीतजको अध्यक्षतामा र केन्द्र पार्टी अध्यक्ष बुढाथोकीको प्रमुख आथित्यमा चियापन कार्यक्रम गरीएको थियो । आजै भएको चियापन कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी पार्टीका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो । साथै सहायक प्रमुख जिल्ला अधिकारी, सहयाक प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, र विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधिका साथै सन्चारकर्मीको उपस्थित रहेको थियो ।