नाम्खा गाउँपालिकाको गाउँसभा सम्पन्न विद्युती सेवालाई पहिलो प्रथामिकता

दाने बोहरा सोमबार, आषाढ २१, २०७८

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको पाँचौ गाउँ सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ का लागी ३२ करोड २२ लाख ३९ हजार बजेट सार्वजनिक गर्दै विद्युतीय सेवालाई पहिलो प्राथमिकता दिदै पाँचौ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको सबै वडाहरुमा विद्युतीय सेवालाई प्राथमिता दिनेभएको भएपनि अन्य सबै वडाहरुमा विद्युत सञ्चालनमा आएपनि यारी र हिल्सामा नभएको कारण पाँचौ गाउँसभाले यो क्षेत्रका लागी विद्युतलाई पहिलो प्राथामिकता दिदै गाउँसभा सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर लामाले जानकारी दिए ।

यारी र हिल्सामा मिनीग्रेट जोड्नको लागी ठुलो लगानी गरेको गाउँपालिकाका अध्यक्ष लामाले बताए । निती तथा कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष पेमा लामाले प्रस्तुत गर्नुभएको थियो । यस्तै गाउँसभाले शिक्षा, स्वास्थ्य समेतलाई पहिलो प्राथामिकता दिएको गाउँपालिकका अध्यक्ष अध्यक्ष लामाले बताए । गाउँपालिकाले माविमा प्राविधिक शिक्षा लागी जोड दिदै अगाडी बढाउने भएको उनको भनाइ छ ।

पाँचौ गाउँसभाले नागरीकको प्रत्येक्ष लाभ हुने तरारी खेती, कृषि, पशु लगायतका क्षेत्रलाई पनि जोड् दिदै समेटिएको छ । जिल्लाकै पर्यटीकय सम्भावना बोकेको क्षेत्र नाम्खा गाउँपालिका भएको हुँदा पर्यटन गुरु योजना समेत तयार गरीएको उहाँले बताए । पर्यटन क्षेत्रको अवसर बोकेको हुनाले यसलाई मार्ग निर्देश गरेको योजनालाई प्राथामिकता दिएको गाउँपालिकाका अध्यक्ष लामाले बताए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]