यी हुन हुम्ला काँग्रेसका ४३ वडाका सभापति

नेपालचेक समाचारदाता बिहिबार, भाद्र २४, २०७८

सिमकोट ।  गत भदौ १८ गतेबाट सुरु भएको नेपाली काँग्रेसको वडा अधिबेशनबाट नयाँ वडा सभापति सर्बसम्मत चयन भएका छन् । नयाँ र युवाहरुको वचस्र्व रहेको काँग्रेस वडा सभापतिमा पार्टी एकताको सन्देश दिदै चयन भएका हुन ।

६ वटा वडा रहेको नाम्खा गाउँपालिकाको वडा नम्बर १ मा कुन्छाङ तामाङ, २ मा नाम्ग्याल लामा, ३ रिन्जीन तामाङ, ४ मा सुन्डुप तामाङ र ५ मा ग्याम्जु लामा चयन भएका छन् ।

त्यसै गरि आठ वटा वडा रहेको सिमकोट गाउँपालिकाको १ मा इन्द्र लामा, २ , गोर्ख बोहरा, ३ मा छिरिङतान्वा लामा, ४ मा आङ्ग्याल लामा, ५ मा कुल रावत, ६ ऐटन रावत, ७ बलविर शाही र ८ मा कल बहादुर वुढा सर्बसम्मत चयन भएका हुन । त्यसै गरि खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ मा राज बहादुर बुढा, २ मा कुलकन्न जेठारा, ३ मा सुरु बुढा, ४ मा लोकराज उपाध्याय र ५ मा भक्त बहादुर शाही चयन भएका छन् ।

यता सर्केगार्ड गाउँपालिकाको आठ वटा वडामा वडा नम्बर १ मा सुवास रावत, २ मा पदम कार्की, ३ मा मीम बहादुर फडेरा, ४ मा कृष्ण बहादुर छत्याल, ५ मा उज्जल रोकाया, ६ मा धनजय बुढाथोकी , ७ मा बिष्णु छत्याल र ८ मा रण बहादुर रोकाया चयन भएका छन् ।

चंखेली गाउँपालिकामा १ मा अदानसिंह भण्डारी, २ मा हर्कसिंह नेपाली, ३ मा खड्क ऐडी, ४ मा कालु बुढाथोकी, ५ मा भक्त थापा र ६ मा सोनाम लामा सर्बसम्मत चयन भएका हुन ।

जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको वडा नम्बर १ मा कल महतारा, २ मा हरिसचन्द्र बुढा, ३ मा पदम थापा, ४ मा पुर्वलाल जैसी, ५ मा सुरेन्द्य्र छत्याल र ६ मा हर्कधन बुढा चयन भएका छन् । त्यसै गरि ताँजाकोट गाउँपालिकामा वडा नम्बर १ मा कन्न खड्का, २ मा जयरुप जैसी, ३ मा हिरालाल जैसी, ४ मा लिला बहादुर थापा र ५ मा धनविर ऐडी छनौट भएका हुन ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]