सुर्खेत । बालबालिका क्षेत्रमा काम गर्दै आएको युनिसेफको आर्थिक सहयोगमा किर्डाक नेपालको सहकार्यमा कालिकोटका बालबालिकालाई आर्थिक सहयोग गरीएको छ ।
युनिसेफको आर्थिक सहयोगमा किर्डाक नेपालद्वारा सञ्चालित कोभीड १९ रोकथाम एवं प्रतिकार्य परियोजनाको बाल संरक्षण कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका विभिन्न स्थानिय तहमा अति जोखिममा रहेका बालबालिकाहरुलाई आर्थिक सहयोग गरीएको छ ।
लामो समय देखि कोरोना भाइरस कोभिड १९ तथा अन्य कारणले अति जोखिममा रहेका कर्णालीका दशवटा जिल्लाका विभिन्न स्थानीय तहमा भएका बालबालिकाहरुलाई उक्त संस्थाले आर्थिक सहयोग गर्दै आएको छ ।
सोही क्रममा आज कालिकोटको खाडाचक्र नगरपालिका वडा ६ मोल्फाकाअति जोखिममा रहेका ६ जना बालबालिकालाई वडा अध्यक्ष जगदिश शाहिको रोहबरमा नगद रु ४००० को दरले सहयोग हस्तान्तरण गरिएको छ।अति जोखिमा रहेका बालबालिकाहरुका अभिभावक र सम्बन्धित बालबालिका लाई वडा कार्यालयमा बोलाएर नगद हस्तान्तरण गरिएको हो ।
नगद हस्तान्तरण गर्दै कार्यक्रम सुपरभाईजर प्रदीप बोहराले यो रकम कतै दुरुपयोग नगरी नितान्त बालबालिकाको आवश्यकता अनुसार गाँस, बास कपास र शिक्षा स्वास्थ्यमा खर्च गर्न आग्रह गर्नुभयो।
त्यस्तै वडा अध्यक्ष शाहीले आफ्नो वडामा अति जोझिममा रहेका बालबालिकालाई सहयोग गरेकोमा युनिसेफ र किर्डाक नेपाललाई धन्यवाद दिदै यस्तै खालका सहयोग आईरहनुपर्ने र यी सहयोगहरु एकीकृत रुपले आउनुपर्नेमा उहाँको जोड थियो। अब आगामी दिनमा नगद सहयोग भन्दा पनि दीर्घकालीन रुपमा सहज हुने खालका सहयोग आउनु पर्नेमा उहाँको विशेष जोड थियो ।
उपस्थित सबै बालबालिकाका अभिभावकले पनि युनिसेफ र किर्डाक नेपाललाई धन्यवाद दिदै यस्तै सहयोग पाईरहे आफ्नो जीवन गुजार्न सजिलो हुने बताएका थिए ।