कर्णालीमा प्रभावकारी बन्दै युनिसेफ र किर्डाक नेपाल

नेपालचेक समाचारदाता बिहिबार, भाद्र ३१, २०७८

सुर्खेत । कर्णालीका दशवटा जिल्लामा बालबालिका क्षेत्रमा काम गर्दै आएको युनिसेफ र किर्डाक नेपालका कार्यक्रम पछिल्लो समय थप प्रभावकारी बन्दै आएका छन् । झण्डै दुई वर्ष देखि विश्व लगायत नेपाल समेत अछुतो रहन सकेन् ।

यसै विच महिला तथा बालबालिका, जेष्ठ नागरीक लगायतका क्षेत्रमा चासो राखी विभिन्न कार्यक्रम सञ्चालन गरीरहेका उक्त संस्था गरीब, दुखि अतिविपन्न लगायतका मन,मुटुमा बस्न सफल भएका छन् ।

युनिसेफ र किर्डाक नेपालले अति विपन्न,आमाबुवा गुमाएका टुहुरा, अपाङगता र दलित बालबालिकाका छनोट गरेर उनिहरुको लागी आवश्यक पर्ने स्टेशनरी सामाग्रीका लागी नगद आर्थिक सहयोग समेत गर्दै आएको छ ।

बालबालिका क्षेत्रमा काम गर्दै आएको युनिसेफको आर्थिक सहयोगमा किर्डाक नेपालको सहकार्यमा कालिकोटका बालबालिकालाई आर्थिक सहयोग गरीएको छ ।

युनिसेफको आर्थिक सहयोगमा किर्डाक नेपालद्वारा सञ्चालित कोभीड १९ रोकथाम एवं प्रतिकार्य परियोजनाको बाल संरक्षण कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका विभिन्न स्थानिय तहमा अति जोखिममा रहेका बालबालिकाहरुलाई आर्थिक सहयोग गरीएको छ ।

कोरोना संक्रमण दर अझै नघटेकाले उनिहरुका लागी आर्थिक सहयोग गर्दै आईरहेको छ ।

युनिसेफ र किर्डाक नेपाल संस्थाले सहयोग गरेको रकमले बालबालिकाको स्टेशनरीका सामाग्री र बचेको रकमले स्कुल पोशाकको पनि व्यवस्था गरेको कालिकोटका फ्याउरी कामीले बताए ।

उनले भनिन्, बालबालिकाको कापी कलम किन्नका लागी कोरोना कहरको समयमा निकै समस्या निम्तीएको थियो, युनिसेफ र किर्डाक नेपाल संस्थाको प्राप्त सहयोगले केहि समयका लागी समस्या समधान भएको छ ।
बालबालिकालाई अझै उच्च शिक्षा हासिलका लागी पढाई खर्च लगायत अन्य सेवा सुविधाको अपेक्षा रहेको आग्रह गर्नु भयो । आफ्ना बालबालिकाका लागी आएर आफुले पाएको चार हजार रकम पनि ठुलो भएको कामीले बताईन् ।

अर्का स्थानीय जमना शाही भने यस्तै सहयोगले बालबालिकाको भविश्य उज्जवल हुनेमा विश्वत रहेको बताईन् । यो सानो सहयोगले पनि उनिहरुको पढाईमा थप टेवा पुग्ने बताईन् । यो सहयोगले आफुहरुलाई बालबालिकाको पठनपाठन गर्नमा अझ थप सहयोग पुगेको शाहीले जानकारी दिईन् । अबका दिनमा सहयोग मात्रै नभएर एक छाक खाजाको रकम छुटाएर पनि बालबालिको पढाईमा बढी जोड दिने उनले बताइन् ।

लामो समय देखि कोरोना भाइरस कोभिड १९ तथा अन्य कारणले अति जोखिममा रहेका कर्णालीका दशवटा जिल्लाका विभिन्न स्थानीय तहमा भएका बालबालिकाहरुलाई उक्त संस्थाले आर्थिक सहयोग गर्दै आएको कर्णाली प्रदेशका मिल अफिर किरण पौडेलले जानकारी दिए ।

आफुहरुले कर्णाली प्रदेशमा कोरोना कहरको समयमा अति जोखिममा रहेका तथा दलित विपन्न बालबालिकालाई आर्थिक सहयोग गर्दै आएको मिल अफिसर पौडेलले बताए ।

सोही क्रममा कालिकोटको खाडाचक्र नगरपालिका वडा ६ मोल्फाकाअति जोखिममा रहेका ६ जना बालबालिकालाई वडा अध्यक्ष जगदिश शाहिको रोहबरमा नगद रु ४००० को दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । अति जोखिमा रहेका बालबालिकाहरुका अभिभावक र सम्बन्धित बालबालिका लाई वडा कार्यालयमा बोलाएर नगद हस्तान्तरण गरिएको हो ।

नगद हस्तान्तरण गर्दै कार्यक्रम सुपरभाईजर प्रदीप बोहराले यो रकम कतै दुरुपयोग नगरी नितान्त बालबालिकाको आवश्यकता अनुसार गाँस, बास कपास र शिक्षा स्वास्थ्यमा खर्च गर्न आग्रह गरे ।

त्यस्तै वडा अध्यक्ष शाहीले आफ्नो वडामा अति जोझिममा रहेका बालबालिकालाई सहयोग गरेकोमा युनिसेफ र किर्डाक नेपाललाई धन्यवाद दिदै यस्तै खालका सहयोग आईरहनुपर्ने र यी सहयोगहरु एकीकृत रुपले आउनुपर्नेमा उहाँको जोड थियो । अब आगामी दिनमा नगद सहयोग भन्दा पनि दीर्घकालीन रुपमा सहज हुने खालका सहयोग आउनु पर्नेमा उनले जोड दिए ।

उपस्थित सबै बालबालिकाका अभिभावकले पनि युनिसेफ र किर्डाक नेपाललाई धन्यवाद दिदै यस्तै सहयोग पाईरहे आफ्नो जीवन गुजार्न सजिलो हुने बताएका थिए ।

युनिसेफ र किर्डाक नेपालबाट समय समयमा पाइरहने यस्ता किसिमका सहयोगले जीवनमा अघि बढ्न उत्प्रेरणा मिल्ने र दैनिक जीवन सजिलो हुने बताएका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]